animated ellipse animated ellipse

प्रधानमन्त्री ओलीको समर्थनमा विराटनगरमा प्रदर्शन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ असार २०७७, शुक्रबार २०:४३
3
Shares
विराटनगर / नेकपा स्थायी समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन खोजेको विरोधमा स्वतन्त्र युवा समाज मोरङले प्रधानमन्त्री ओलीको समर्थनमा विराटनगरमा प्रदर्शन गरेका छन ।

‘जनताको साथ ओलीलाई, आजलाई होइन भोलीलाई’ नारा लेखिएको ब्यानर बोकेर युवाहरुले सडकमा र्याली निकालेका थिए । विराटनगर स्थित ट्राफिक चौकबाट स्वतन्त्र युवा समाज मोरङले प्रधानमन्त्री ओलीको समर्थनमा आज ¥याली प्रदर्शन गरेको हो । ट्राफिक चौकबाट निकालिएको ¥याली जलजला मोड, गोल्छा मोड, जिल्ला प्रशासन कार्यालय, वीरेन्द्र सहभागृह हुँदै ट्राफिक चौकमै आएर ¥याली सम्पन्न भएको थियो ।

अर्को तर्फ आजै नै जनमत पार्टीले नागरिकता संधोधन विधेयक खारेज गर्न माग राख्दै सरकार विरुद्ध विराटनगरमा प्रदर्शन गरिएको छ ।

सरकारले ल्याएको नागरिकता संशोधन विधेययक राष्ट्रघाती रहेको भन्दै तत्काल खारेज गर्न माग राख्दै जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो । सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दोहन गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर