AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अरनीको कलेजमा भर्ना भएका एक हजार बढी विद्यार्थीलाई अभिमुखिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ श्रावण २०८०, मंगलवार १६:४१
4.29k
Shares
विराटनगर / विराटनगरस्थित अरनिको कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण गराएको छ ।

कलेजले आज एक कार्यक्रम आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो ।

विज्ञान संकायमा ९२० र होटेल मनेजमेन्ट र व्यवस्थापन संकायमा ८० जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको अरनिको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजको नियम र कसरी अध्ययन गर्दा अब्बल नतिजा ल्याउन सकिन्छ त्यस विषयमा विद्यार्थीलाई अभिमुखिकरण गराएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहेका थिए । सोही अवसरमा कलेजले लिएको आन्तरीक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको छ ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख कोइरालाले प्रविधिसँगै सीप र संस्कारसहितको शिक्षा आजको आवश्यकता भएकोले बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालयहरु अगाडी बढनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा उत्प्रेरक डा. तारा गिरी, विराटनगर १० का वडाअध्यक्ष अर्जुन गिरी, अरनीको कलेजका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुख डिल्ली पोखरेल, कजेजका कार्यक्रम संयोजक विकाश खनाल र निर्देशक भरत दाहाललगायतको शुभकामना ब्यक्त गरेका छन् ।

मोसफलको भएपनि पूर्वी नेपालको अब्बल कलेजको रुपमा अरनीको कलेज स्थापित हुन सफल भएको छ । कलेजले नतिजा पनि उत्कृष्ट पस्कदैं आएको छ । वि.सं. २०५६ सालदेखि कक्षा ११ र १२ को अध्यापन गराउँदैं आएको अरनिको कलेजले आफ्नो लिगेसीलाई निरन्तर अब्बल नतिजामार्फत प्रमाणित गर्दै आएको छ । कलेजमा विज्ञान र व्यवस्थापन र होटेल मनेजमेन्टको पढाइ हुन्छ । कलेजका प्रिन्सिपल कार्की शिक्षक र व्यवस्थापनको निरन्तरको मेहनत नै उत्कृष्ट नतिजाको कारक रहेको बताउँछन् । ‘शिक्षक र व्यवस्थापनको निरन्तरको मेहनत नै हाम्रो उत्कृष्ट नतिजाको कारक हो,’ प्रिन्सिपल कार्कीले भने ।कार्यक्रममा कक्षा १ू का विद्यार्थीले र्नतय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर