CLASSICTECH NET

‘प्याब्सन आँगन’ प्रतियोगिता हुने

खबर पूर्वाञ्चल, २६ जेष्ठ २०७६, आईतवार १७:२४
‘प्याब्सन आँगन’ बारे जानकारी गराउँदै विराटनगर प्याब्सनका अध्यक्ष इन्द्र राई । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / प्याब्सन विराटनगरको आयोजनामा ‘प्याब्सन आँगन’ प्रतियोगिता हुने भएको छ ।

‘प्याब्सन आगन’ मा एकल नृत्य र एकल गायन समावेश गरिएको छ । ‘सधैको लागि, सवैको लागि, राष्ट्रको शिक्षा, कलाको लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मुल नाराको साथ उक्त प्रतियोगिता हुन लागेको हो ।

प्याब्सन विराटनगरले आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्याब्सन आँगनको अडिसन राउण्ड यही जेठ ३२ गतेबाट सुरू हुने जानकारी गराएको छ । विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूको अन्तर निहित कलाकारिताको दक्षतालाई अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले यो प्रतियोगितामा भाग लिन पाउने प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राइले जानकरी दिए ।

तीन चरणको अडिसन राउण्ड पुरा गरेपछि प्रतियोगि फाइनलमा पुग्नेछन् । दुवै विधातर्फको सेमिफाइनलसम्म २५/२५ जना छनौट गरि फाइलनमा १०÷१० जना पुग्नेछन् । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । एकल नृत्य र एकल गायन दुवै विधाका विजेताले नगर र ट्रफि प्राप्त गर्नेछन् । अन्य उपविजेता हुने ९ जना प्रतियोगिले ट्रफि तथा पुरस्कार पाउने अध्यक्ष राईले बताए ।‘प्याब्सन आँगन’ सम्पन्न गर्न करिव ४ लाख ९५ हजार खर्च हुने प्याब्सन विराटनगरले जनाएको छ ।

प्रतियोगितामा विराटनगर, बुढीगंगा र ग्रामथान गाउँपालिकामा रहेको ६० सदस्य विद्यालयहरूबाट करिब ३ सय भन्दा विद्यार्थीहरुले भाग लिने प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको फाइनल विराटनगर साउन २४ गते हुनेछ ।

प्रतिक्रियाहरु

  1. Indra kumar rai लेख्नुहुन्छ

    धन्यवाद पुष्प जी!!

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५