CLASSICTECH NET

विश्वकप क्रिकेटमा १२ वर्षपछि बंगलादेशमाथि इंग्ल्याण्डको शानदार जित

खबर पूर्वाञ्चल, २६ जेष्ठ २०७६, आईतवार ०५:३५

विराटनगर / विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानसँग अप्रत्यासित हार व्यहोरेको आयोजक इंग्ल्याण्डले गलादेशलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

विश्वकपमा इंग्ल्याण्डले बंगलादेशलाई १२ वर्षपछि पराजित गरेको हो । पहिलो पटक इंग्ल्याण्डले ११ अप्रिल २००७ मा ब्रिजटाउन मैदानमा बंगलादेशलाई ४ विकेटले पराजित गरेको थियो । बंगलादेशले भने २०११ को विश्वकपमा इंग्ल्यान्डलाई २ विकेटले र २०१५ मा १५ रनले इंग्ल्यान्डलाई पराजित गर्दे सनसनि मच्चाएको थियो ।

शनिबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ८६ विशाल रन बनाएको थियो । इंग्ल्याण्डले पहिलो विकेटको लागि रोय र जोनी बेयरस्टोले १ सय २८ रनको ठोस साझेदारी गरे । जोनी ५१ रनमा आउट भए भने रोयले १ सय ५३ रनमा आउट भए । त्यस्तै जोस बट्लरले ६४ रन बनाउँदा कप्तान आइन मोर्गनले ३५ रन , जोय रुटले २१ रनमा आउट भए भने लियम प्लङकेट २७ रन र क्रिस भोक्स १८ रनमा नटआउट भए । बंगलादेशका मोहमद सैफुदिन र महन्दीहसनले २–२ विकेछ लिए ।

३ सय ८७ रनको विशाल रन पट्रयाएको बंगलादेशले ४८ दशमलव ५ बलमा सवै विकेट गुमाएर २ सय ८० रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि सकिब अल हसनले १ सय २१ रन बनाउँदा मोस्रफिक रहमानले ४४ रन, महदुल्लाले २८ रनको योगदान दिए । इंग्ल्याण्डका जोफ्रा आर्चर र बेन स्टोक्सले ३–३ विकेट लिए ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५