CLASSICTECH NET

मिस एसईईले देखाए प्रतिभा

खबर पूर्वाञ्चल, २३ जेष्ठ २०७६, बिहीबार २०:३१

विराटनगर / मिस एसईई मोरङ २०१९’ को फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् ।

फाइनलमा पुगेका १२ जना प्रतियोगिले विराटनगरमा आज भएको ‘मिस ट्यालेन्ड’ मा उनीहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् । टयालेन्ट राउन्टमा नृत्य, गायन, कविता, चुडकिलालगायतको प्रस्तुती देखाए ।

यही जेठ ३१ गते विराटनगरस्थित वीरेन्द्र सभा गृह हलमा हुने फाइनलमा नीतु श्रेष्ठ, कृतिका पौडेल, भारती राजवंशी, अदिती मण्डल, दिक्षा गुप्ता, अन्शु लामा, सिम्पल कोइराला, जेनिशा आले, प्रशान्ती चापागाई, सुस्मीता लामा, आरुषी कर्ण र रिया मिश्र पुगेको एण्ड इन्टरटेनमेन्टका इभेन्ट संचालक सुशिल घिमिरेले जानकारी दिए ।

यस वर्षको एसइइ परीक्षा दिएर बसेका किशोरीहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको इभेन्ट संचालक अर्जुन श्रेष्ठले बताए । ‘सीप र संस्कार सहितको सौन्दर्य’ मुल नाराको साथ हुन लागेको प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँको साथै ज्योति लाइफ इन्स्योरेन्सले ५ लाख मुल्य बरावरको जीवन बिमा गरिने ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्टका इभेन्ट संचालक घिमिरेले बताए ।

प्रतियोगिताको फस्ट रनरअपले २० हजार र ४ लाख ५० हजारको जीवन विमा र सेकेण्ड रनरअपले १५ हजार सहित ३ लाखको जीवन विमा हुनेछ । प्रतियोगिताको विजेता, फस्ट रनरअप र सेकेण्ड रनरअप हुनेलाई विराटनगरको शिक्षादीप कलेजले छात्रवृति प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५