RUMPUM
animated ellipse animated ellipse

विश्वकप क्रिकेटमा इङ्ल्याण्डमाथि पाकिस्तनको रोमाञ्चाक जित, ११ खेलपछी पाकिस्तनको पहिलो जित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ जेष्ठ २०७६, मंगलवार ०५:५९
3
Shares
विराटनगर / पाकिस्तानले विश्वकप क्रिकेटको छैटौँ खेलमा आयोजक इङ्ल्याण्डविरूद्ध शानदार जित निकाल्दै लगातार ११ खेलको पराजयलाई पूर्णविराम लगाएको छ ।

पाकिस्तानले गएराती भएको खेलमा इङ्ल्याण्डलाई १४ रनले पराजित गर्दै विश्वकपमा पहिलो जित हासिल गरेको छ । पाकिस्तानले विश्वकपको पहिलो खेलमा दुई पटकको विश्व विजेता वेष्टइन्डीलाई ७ विकेटले खेल सुम्पिएको थियो । इङ्ल्याण्डको ट्रेन्ज ब्रिज स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङ गरेका पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४८ को विशाल रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद हफिजले ८४ रन बनाए । ६२ बलको सामना गरेको उनले ८ चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै, बाबर अजामले ६३ रन , कप्तान सर्फराज अहमदले ५५ रन , इमाम उल हकले ४४ रन र फखर जमानले ३६ रन बनाए ।

पाकिस्तानका लागि फखर जमान र इमाम उल हकले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । त्यस्तै, हफिज र बाबरले तेस्रो विकेटको लागि ८८ रनको साझेदारी गर्दा हफिजले कप्तान सर्फराजसँग ८० रनको साझेदारी गरेपछि पाकिस्तानले उच्च स्कोर बनाएको हो । इंग्ल्यान्डका मोइन अली र क्रिस वोकसले समान ३–३ विकेट लिए ।

३ सय ४९ रनको विशाल लक्ष्य पछ्याएको इङ्ल्यान्डले पुरै ओभर खेल्दै ९ विकेट गुमाउँदै ३ सय ३४ रनमा सीमित भएपछि पाकिस्तानलाई १४ रनले देख सुम्पिएको थियो । इङ्ल्याण्डका जोय रुट र जोस बटलरको सतक ओझेलमा परेको छ । रूटले १० चौका र १ छक्काको मद्दतमा १ सय ४ बलमा १ सय ७ रन बनाउँदा बटलरले ७६ बलमा ९ चौका र २ छक्काको मद्दतमा १ सय ३ रन बनाएका थिए । बेन स्टोक्सले १३ रन, कप्तान इयन मोर्गनले ९ रन, जोनी बेयर्स्टो ३२ रन बनाएर आउट भए । पाकिस्तानका वहाब रियाजले ३ विकेट तथा मोहमद आमीर र सदाव खालले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर