AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर बास्केटबल एकेडेमीलाई एक्स्पर्टको साथ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ जेष्ठ २०७६, मंगलवार २१:२६
3
Shares

विराटनगर / विराटनगर ९ मा रहेको एक्स्र्पट एजुकेशन एण्ड भिषा सर्भिसले विराटनगर बास्केट बल एकेडेमीलाई साथ दिने भएको छ ।

एसईई परिक्षा दिएर बिदामा बसेका विद्यार्थीहरुका लागि जारी तेस्रो एसईई बास्केटबल ट्यालेन्ट हन्टलाई एक्स्र्पट एजुकेशन विराटनगरले टि– सर्ट प्रायोजकको रुपमा सहयोग गरेको हो ।

एक्सपर्ट एजुकेशन विराटनगरका निर्देशक अनुभव दाहालले खेलाडीहरुलाई एक कार्यक्रम विच टि – सर्ट प्रदान गरेका हुन् । जारी बास्केटबल ट्यालेन्ट हन्टमा २५ जना खेलाडी सहभागी रहेको विराटनगर बास्केट बल एकेडेमीका प्रशिक्ष्ँक विवेक बस्नेतले जानकारी दिए ।

ट्यालेण्ट हन्टका उत्कृष्ट खेलाडीलाई हिसान मोरङले उच्च शिक्षा अध्ययनका लागि विभिन्न स्कूलमा छात्रवृत्ति प्रदान गरिने बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर