पूर्वाञ्चल खबर
विराटनग / संविधान संशोधन नभए सरकार होइन सडक संघर्षलाई मुख्य वाटो रोज्ने उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वताएका छन् ।
समाजवादी पार्टी नेपालले आज विराटनगरमा आयोजित गरेको प्रदेश १ स्तरीय अभिमुखीकरण कार्यक्रममा उनले विभेदको अन्त्य, सविधानमा रहेको त्रुटि सच्चाउन , समावेशी वनाउनका मात्र सरकारमा समावेश भएको बताए ।
समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले जनताको संघर्षवाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रवाट मुलुकमा समृद्ध कायम हुने भएकोल यसलाई सस्थागत र प्राप्त उपलव्धीलाई रक्षा गर्नलाई पार्टी एकीकरण गरिएको जानकारी बताए ।
जातियता विविधता, पहिचानलाई सम्वोधन गर्न पार्टीको एकीकरण गरिएको समाजवादी पार्टी नेपालका अर्का अध्यक्ष डा. वावुराम भट्टराईले वताए ।
भ्रष्टाचारको अन्त्य,मुलुकमा सुशासन कायम गरी जनताको विकासपतिको चाहनालाई पूर्ति गर्नुनै पार्टीको उद्देश्य रहेको अध्यक्ष डा. भट्टराईले बताउँदै सम्पूर्ण जनताको सहभागितामूलक एक मात्र राष्ट्रिय पार्टीको रुपमा विकास गर्ने बताए ।