पूर्वाञ्चल खबर
केशब न्यौपाने
रंगेली । मोरङको सुनबर्षी २ अमरदहमा जारी तेस्रो अमरदह ढल्के जोबन गोल्ड कप फुटबल प्रतियोगिताको आजको खेलमा तेह्रथुम भेट्रान क्लबलाई २ ( ६ गोलको अन्तरले पराजित गर्दै सशस्त्रको एपिएफ पकली सेमिफाइनलमा प्रवेश गरेको छ ।
अमरदह ढल्के जोवन यूवा क्लबको आयोजनामा अमरदहको विरेन्द्र सार्वजनिक माविको खेलमैदान भएको खेलमा एपिएफ विजयी भई सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफको जितमा टिकाराम विक ले ह्याट्रिक गरेका थिए भने विनोद लोचन,दिपक पौडेल र उतम कार्कीले १(१ गोल गरेका थिए ।
तेह्रथुमका बसन्त लिम्बूले २ गोल फर्किएका थिए ।
खेलको म्यान अफ द म्याच एपिएफका टिकाराम विक घोषित भए ।
प्रतियोगिता अन्तरगत मगलबारको खेल विराट चौक र दमक भेट्रान क्लबविच हुने आयोजक समितीका अध्यक्ष प्रताप तामाङले जनाएका छन् ।