RUMPUM
animated ellipse animated ellipse

प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य हुन्न : कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० बैशाख २०७६, सोमबार १७:१५
3
Shares

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य नहुने बताएकी छिन् ।

विराटनगर / विमानस्थलमा आज सञ्चारकर्मीसंग बोल्दै उनले यस्तो बताएकी हुन् । प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्रको नेतृत्व र आबाज बुलन्द गर्ने प्रेस माथी कुनै पनि किसिमका अंकुश लाउन नहुने बताइन् ।

जनताको आवाज उठाउने पत्रकारहरुले पनि संयमित भएर कलम चलाउने बेला आएको कोइराको भनाइ थियो । उनले संविधान कार्यान्वयनका दिशामा देश अगाडी बढिरहेका बेला सानो सोच र मानसिकताबाट अगाडी बढ्दा प्राप्त उपलब्धी गुम्ने खतरालाई ध्यान दिन पनि सरकार र नेतृत्वलाई आग्रह गरिन् ।

स –साना कुरामा अल्झिएर भन्दा सवै दलको सहकार्य र सहमतिमा संविधान कार्यान्वयन गर्ने दिशामा सरकारको नेतृत्व गरिरहेको दल जिम्मेवार हुन आबश्यक रहेको बताइन् । केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयतालाई नियन्त्रण गर्ने प्रपन्चबाट अगाडी बढे त्यो सफल नहुने जीकिर गरिन् । कतिपय घटनाले ‘संघीयतालाई नियन्त्रण गर्न खोजेको महसुस हुन्छ,, कोइरालाले भनिन् त्यसो भए त्यो सवैभन्दा दुर्भाग्य हुन्छ । उनले सहमति ,सहकार्यको बाटोमा हिड्न र जनताको भावना अनुरुपका काम गर्न सरकार लाग्नुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर