RUMPUM
animated ellipse animated ellipse

धरान क्वाटरफाइनलमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ बैशाख २०७६, शनिबार १९:१९
3
Shares

केशब न्यौपाने
रंगेली । मोरङको सुनबर्षी २ अमरदहमा जारि तेस्रो अमरदह ढल्के जोबन गोल्ड कपको आज भएको खेलमा मोरङको भाउन्ने भेट्रान क्लबलाई २-१ ले पराजित गर्दै सुनसरीको धरान भेट्रान क्लबलाई क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमरदह ढल्के जोवन यूवा क्लबको आयोजनामा अमरदहको विरेन्द्र सार्वजनिक माविको खेलमैदान सञ्चालित खेलमा धरान वियजी भएको हो । धरानको जितमा गणेश लिम्बू र तिर्थ मगरले १-१ गोल गरेका थिए ।

भाउन्नेका लागि याखुब राइले १ गोल गरे । खेलको म्यान अफ द म्याच धरानका गणेश लिम्बू घोषित भए ।

प्रतियोगिता अन्तरगत आइतबारको खेल उर्लाबारी मोरङ र सखुवासभाबिच हुने आयोजक समितीका अध्यक्ष प्रताप तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर