घिमिरेलाई पण्डित टेकनाथ–शिवा अधिकारी साहित्य पुरस्कार

खबर पूर्वाञ्चल, २३ बैशाख २०७६, सोमबार १८:४६

विराटनगर / पूर्वाञ्चल साहित्य प्रतिष्ठानले यस वर्षको पण्डित टेकनाथ–शिवा अधिकारी साहित्य पुरस्कार रचना साहित्यिक पत्रिकाका सम्पादक वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई समर्पण गरेको छ ।

विराटनगरमा आज आयोजित कार्यक्रममा ६ दशकदेखि साहित्य र साहित्यिक पत्रकारितामा सक्रिय घिमिरेलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सनत रेग्मी, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल र पुरस्कारका संस्थापक गोकुल अधिकारीलगायतले दोसल्ला ओढाएर नगद १५ हजार र सम्मानपत्र प्रदान गर्नुभएको थियो । पण्डित अधिकारी संस्कृत र नेपाली साहित्यका प्रखर विद्वान थिए । उनी शिक्षासेवी पनि थिए ।

अधिकारी दम्पतिका स्मृतिमा छोरा डिल्लीराम, भवानी र गोकुलले पूर्वाञ्चल प्रतिष्ठानमा २ लाख अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एकजना स्रष्टालाई पुरस्कृत गरिंदै आएको छ । यसअघि मनिराम जोशी, बालकृष्ण पोखरेल र तुलसी भट्टराई पुरस्कृत भइसकेका छन् । कार्यक्रममा प्रमुख अतिथि सतन रेग्मी, साहित्यकार प्रा.डा. गोपाल भण्डारी, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, साहित्यकार वसुश्री पाण्डे, कवि मीनकुमार नवोदितलगायतले नेपाली साहित्य र शैक्षिक क्षेत्रमा पण्डित टेकनाथ अधिकारीले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५