पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरका अग्रज पत्रकार मोहन भण्डारी पुरस्कृत भएका छन् । २६ औ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको कार्यक्रममा उद्घोष दैनिकका प्रधान सम्पादक भण्डारीलाई भवानीप्रसाद जिवादेवी रेग्मी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।
भण्डारीलाई एक नम्बर प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङले नगद ४१ हजार एक सय एक रुपैया र सम्मानपत्र सहित सम्मान गरे ।
पत्रकारिता क्षेत्रमा लामो समय सकृय रहेका हेमराज रेग्मी परिवारले मातापिताको नाममा यसै वर्ष कोषको स्थापना गरेका थिए . कोषले हरेक वर्ष मे–३ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मोरङ जिल्ला कार्यक्षेत्र रही कम्तीमा १५ वर्ष पत्रकारिता गरेका व्यक्तिलाई पुरस्कृत गर्नेछ । उक्त पुरस्कार पाउने भण्डारी पहिलो व्यक्ति हुन् । उनले मोरङ जिल्लालाई कार्यक्षेत्र बनाई झण्डै चार दशकदेखि पत्रकारिता गर्दै आएका छन् ।