RUMPUM
animated ellipse animated ellipse

बढ्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ बैशाख २०७६, बिहीबार २१:४७
3
Shares

विराटनगर / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।

आज राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको हो ।

पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ भाउ बढेको छ ।

पछिल्लो १०र१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको निगमका प्रवक्ता विरेन्द्र गाइतले बताए ।

अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर