अपांगता भएकालाई सहयोग

खबर पूर्वाञ्चल, १९ बैशाख २०७६, बिहीबार १६:२९

विराटनगर / शारिरिक रुपमा अपांगता भएका सुनसरीको इटहरी २ स्थित तामाङ चोकको एक परिवारलाई विराटनगरका समाजसेवी बाबुराम दाहालले आर्थिक सहयोग गरेका छन । स्थानिय लक्ष्मण तामाङ र मनमाया तामाङका चारै सन्तान शारिरिक रुपमा अपांगता भएका छन् ।

विराटनगर ५ चाँदनी चोक निवासी समाजसेवी दाहालले आज इटहरीस्थित तामाङको घर पुगेर सहयोग स्वरुप ११ हजार नगद प्रदान गरेका हुन् । तामाङ परिवारको पिडाबारे विभिन्न सञ्चार माध्यममा समाचार पढेपछि आफूलाइ सहयोग गर्ने इच्छा जागेको दाहालले बताए । उनले भने आँखा नदेख्ने र बोल्न समेत नसक्ने चार सन्तानको हेरचाह गर्न बाबुआमालाई कति गाह्रो हुन्छ होला , त्यसैले उहाँहरुको सम्मान गर्न खोजेको हु, लक्ष्मणकी श्रीमती नरमाया तामाङलाई सहयोग रकम प्रदान गर्दै दाहालले भने ।
तामाङकी जेठी छोरी अस्मिता,जेठो छोरा सरोज,कान्छी छोरी सुस्मिता र कान्छो छोरा संदीप पूर्ण अपांगता भएका छन । १४ देखि २८ बर्षसम्मका उनीहरु कोहि पनि आँखा देख्न सक्दैनन । कान्छोछोरो वाहेक कोहि पनि वोल्न समेत सक्दैनन ।उठेर हिडन र बस्न पनि सक्दैनन । उनीहरुलाई इटहरी उपमहानगरपालिकाले पूर्ण अपांगता भएको रातोकार्ड दिएको छ । रातोकार्ड पाएपछि उनीहरुले मासिक दुइ हजार रकम पाउने प्रावधान छ ।
सात बर्षसम्म तन्दुरुस्त देखिएका उनीहरमा विस्तारै आँखा नेदेख्ने समस्या देखिएको आमा नरमायाले बताइन् । आँखाको समस्या बढदै गएपछि उनीहरुको शरिर पनि लरयाक लुरुक हुदै बोली समेत बन्द भयो । अहिले उनीहरु सबै ओछयानमा थला परेका छन् । सकेसम्म र जानेसम्म उपचार गरायौं तर ठिक भएन नरमायाले भनिन । सबैलाइ नुहाउने,धुवाउने,खुवाउने र सरफाईमा अहोरात्र खटनुपर्छ , आमा नरमाया भन्छिन “रातभर सुत्न पनि पाइदैन,पालो पालो रेखदेख गर्छौ ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५