CLASSICTECH NET

हिसान मोरङको अध्यक्षमा ढकाल, कार्की र गुप्ताको दाबेदारी

खबर पूर्वाञ्चल, १८ बैशाख २०७६, बुधबार १२:४१
विराटनगर, १८  वैशाख ÷ निजी उच्च माविहरूको संगठन हिसान मोरङको निर्वाचन नजिकिएसँगै  नयाँ नेतृत्वको लागि उम्मेदवारीको चर्चा सुरु हुन थालेको छ । 

आउँदो जेठ ४ गते हिसान मोरङको अधिवेशन विराटनगरमा हुँदैछ । विगतको वर्षहरूमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व हुँदै आएको हिसानमा यस पटक निर्वाचनबाट नेतृत्व चयन हुने देखिएको छ ।

हिसान मोरङको अध्यक्षको लागि तीन जनाको नाम चर्चामा छ । अध्यक्षको लागि हिसान मोरङका वर्तमान उपाध्यक्ष राजेश कार्की, सल्लाकारद्धय अमित ढकाल र राजेश गुप्ताले उम्मेदवारी दिने बताएका छन् । कार्की विराटनगरस्थित अरनीको उच्च माविका प्रिन्सिपल हुन भने ढकाल निहारीका कलेजका क्याम्पस प्रमुख र गुप्ता मेरील्याण्ड कलेजका संस्थापक हुन् ।

कार्कीले हाल उपाध्यक्ष भइसकेकोले स्वत आफु अध्यक्षको लागि उम्मेदवारी दिने उनले बताए । निजी विद्यालहरूको हकहितको लागि आफु लागि पर्दै आएकोले हिसानको नेतृत्वको लागि अन्तिम समयमा आएर सर्वसम्मत रूपमा नेतृत्व हुने उनको भनाई छ ।

अध्यक्ष दाबेदारी गर्दै आएका ढकालले हिसानको नयाँ नेतृत्वको लागि आफुले पनि उम्मेदवारी दिने बताए । ‘लोकतान्त्रीक मुलकामा सबैले इच्छा गर्न पाउँछन्,’ उनले भने, ‘हिसानको अध्यक्षको लागि आफुले पनि उम्मेदवारी दिएको हो ।’

त्यस्तै अध्यक्षका अर्का उम्मेदवारी गुप्ताले पनि नयाँ नेतृत्वको लागि उम्मेदवारी दिने बताए । उनले भने, ‘अन्तिम समयसम्म सर्वसम्मत रूपमा नेतृत्व चयनमा लागि परेको छौं । निर्वाचन हुने अवस्थामा आए पनि आफुले उम्मेदवारी दिनेछुं ।’

हिसान मोरङमा २९ वटा उच्च माविहरू आवद्ध छन् । वैशाख २५ गतेसम्मको लागि नविकरणको समय रहेको हिसान मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५