RUMPUM
animated ellipse animated ellipse

जहाजबाट लागुऔषध लैजान खोज्दा विराटनगर विमानस्थलमा एक जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ बैशाख २०७६, शुक्रबार २०:२६
3
Shares

विराटनगर/ विराटनगर विमानस्थल हुँदै जहाजबाट लागुऔषध काठमाडौं लैजान खोज्ने एक युवालाई विमानस्थलबाट मोरङ प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध लिएर विराटनगर विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौं जान लागेका सुनसरी धरान उपमहानगरपालिका–१७ का २६ वर्षीय डेनी भनिने दनिल राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । ब्यागमा राखेर लागूऔषध काठमाण्डौ लैजाने क्रममा विमानस्थल भित्र सुरक्षा जाँचमा चेकजाग गर्ने क्रममा राईलाई पक्राउ गरिएको डिएसपी घनश्याम श्रेष्ठले बताए ।

‘प्रहरीको आँखा छल्ने उदेश्यले लुकाएर ब्यागको साइटमा ६० एम्पुल लागूऔषध विमानस्थलमा खटिएका प्रहरी कर्मचारीले चेकजाँचको क्रममा राईको साथबाट फेला परेको हो,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानले २ वर्षदेखि लागूऔषध सेवन गरेको पक्राउ परेको राईले स्वीकार गरेका छन् ।

’ आफै सेवन गर्न काठमाण्डौमा साथीलाई भेटन जाने क्रममा सिमावर्ती बजार गोजवनीमा गएर आफै लागूऔषध लिएर आएको अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ । प्रहरीले उनको बोकेको ब्यागबाट डाईजेल्याव १५, लुपिजेसिक १५, फेनारगन १५, र एभिल १५ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन आज जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर