CLASSICTECH NET

न्यूरोमा पक्षघात भएको विरामीको सफल उपचार

खबर पूर्वाञ्चल, १२ बैशाख २०७६, बिहीबार २०:२५

विराटनगर / पूर्वी भेगमा पहिलो पटक न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले इन्डो भ्यास्कुलर पद्धतिद्वारा अपूर्ण पक्षघात हुँदै पूर्ण पक्षघात (ट्रान्सिएन्ट इस्केमिक एट्याक )भएका विरामीलाई तत्कालै बचाउन सफल भएको छ ।

छिमेकी राष्ट्र भारतको फारबिसगंजका ५६ बर्षिय सुरेश गुप्तालाई एक्कासि शरिरको दाहिने भागमा अपूर्ण प्याराल्यासिस (ट्रान्सिएन्ट आइकेमिक एट्याक ) भएको थियो । उनलाई न्यूरो हस्पिटलका बरिष्ठ इन्टरभेनसनल न्यूरोलोजिस्ट डाक्टर सामर्थ सिहंले उपचार गरि पूर्ण पक्षघात हुनबाट बचाउन सफल भएको छ । विरामी गुप्ता न त बोल्न नै सक्थे न न शरिरको दाहिने भाग नै चलाउन पाउथे ।

उपचार पछि समयमै गुप्तालाई विराटनगरको न्यूरो अस्पताल पु¥याएसंगै उनको सफल उपचार गरि पक्षघात हुनुबाट बचाउन सफल भएको छ । यता सफल उपचार पछि बिरामी सुरेश गुप्ताले आफू स्वतस्फुर्तरुपमा बोल्न वा हिड्न सक्नेमा सो समयमा विश्वसत नरहेको बताए । तर आज आएर न्यूरो हस्पिटलका बरिष्ठ इन्टरभेनसनल न्यूरोलोजिस्ट डाक्टर सिहंले आफूलाई नयाँ जिवन दिएको भन्दै खुसि व्यक्त गरे ।

विरामी गुप्ताको मस्तिस्कको बिभन्न स—साना रक्तनलि भित्र रगत जमेर रगत प्रवाह नै अवरुद्ध भएको थियो । उक्त अवरुद्ध रक्तनलिलाई इन्ट्र आर्टिरिएल थ्रम्बोलाइसिस गरि जमेको रक्तनलिको रगतलाई पघालेर पुनः सुचारु गरिएको न्यूरो हस्पिटलका बरिष्ठ इन्टरभेनसनल न्यूरोलोजिस्ट डाक्टर सिहंले बताए ।

दाहिने भागको हात खुटटा चल्दै नचल्ने बिरामी सुरेश गुप्तालाई क्रमकि सुधार भएको देखिएको छ । यस किसिमको रोग , अधिक मात्रामा धुम्रपान सेवन गरेमा मधुमेहलगायतका रोगहरुले हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५