CLASSICTECH NET

विप्लव समुहलाई मुलधारको राजनितिक आउँन गूहमन्त्री थापाको आग्रह

खबर पूर्वाञ्चल, १२ बैशाख २०७६, बिहीबार १३:३८

कुमोद अधिकारी
विराटनगर गृहमन्त्री रामवहादुर थापाले विप्लव समुहलाई मुलधारको राजनितिक ल्याउने प्रयास भइरहेको वताएका छन् ।

प्रदेश न १ को सुरक्षा गोष्ठिमा सहभागी हुन विराटनगर आएका गूहमन्त्री थापाले आज विराटनगरमा सञ्चारकर्मीसँग कुरागर्दै उनले. विप्लवलगायतका सवै असन्तुष्टपक्षलाई राजनिति मुलधारमा ल्याउन सरकारले वार्ता आव्हान गरेको वताएका हुन् ।

‘विखण्डनकारी शक्ति (सीके राउत) लाई समेत हामीले वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराइसकेका छौं । विप्लवजी पनि अब वार्तामा आउनुपर्छ’, कुनै बेलाका आफ्ना सहयात्रीलाई संवादमा आउन सुझाउँदै गूहमन्त्री थापाले भने । सरकारले वार्ता र संवादवाटै समस्याको समाधान चाहेको र विखण्डनकारी समुहलाई समेत मुलधारमा ल्याई सकेको अवस्थामा विप्लव समुहलाई वार्तामा आउनुको विकल्प नभएको उनले वताए । गूहमन्त्री थापाले विप्लव समुहले विध्वसकारी गतिविधी गरेकै कारण सरकाले उनीहरुलाई नियन्त्रणमा लिएको समेत वताए ।

शान्तीपुर्ण आन्दोलन गर्ने सवैलाई छुट भएको भन्दै जनताको अधिकार र शान्ती सुरक्षामा खलल पु¥याउने छुटभने कसैलाई नभएको गूहमन्त्री थापाले वताए । गूहमन्त्री थापाले विगतको वर्षभन्दा शान्ती सुरक्षामा गुणत्मक सुधार आएको वताए ।

सरकारले यो वर्षलाई समवृद्धिको आाधारवर्ष मानेर अघि वढेको र आवश्यक पूर्वाधार तयार गरेको उनले वताऐ । सरकारले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रसंगको सम्वन्धमा समेत सुधार गर्न सफल भएको गूहमन्त्री थापाल को भनाई थियो ।

प्रदेश र संघीय सरकारको द्वन्द्वले गर्दा जिल्लामा दुई वटा सिडिओ हुन्छ भन्ने कुरा हल्ला मात्र भएको बताउँदै गृहमन्त्री थापाले त्यस्तो हल्लालाई सरकारले सकारात्मक ढंगले हल गर्ने बताए ।

उनले भने, ‘दुई वटा सिडिओ हुने हल्ला चलेको साँचो हो तर संबिधान कानून कतै पनि उल्लेख छैन । जिल्लामा एउटै सिडिओ रहनेछन् ।’

भर्खरै सम्पन्न नेकपाको पार्टी एकताले भद्रगोल अवस्थालाई अन्त्य गरेर पार्टीलाई बलियो बनाएको गृहमन्त्री थापाले दाबी गरे । दोहोरो जिम्मेवारी पाएका र घटुवा बढुवामा परेकाहरूको हकमा पुन छलफल गरेर समस्या समाधान गर्न सकिने आधार खुल्ला भएको गृहमन्त्री थापाले जानकारी दिए ।

संघीय सरकारले गत एक वर्षमा विकास र संमृद्धिका लागि नीति बनाएर आधार निर्माण गर्न सफल भएको र आगामी पाँच वर्ष्भित्र सरकारले दोब्बर रुपले संमृद्धि हासिल गर्ने दाबी गरे ।

एक वर्ष्भित्र उर्जा उत्पादन एक हजार मेगावाट र पाँच वर्षभित्र पाँच गुणा थपिने भएकोले संमृद्धिको लक्ष्य सरकारले सहज रुपमा हासिल गर्छ भने । संघीय संसदको आगामी वर्से अधिबेशनबाट सरकारले बजेटसँगै बाँकी रहेका कानूनहरु पारित गराएपछि देशको विकासले गति तीब्र बनाउने बताए ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५