CLASSICTECH NET

रिना हत्या प्रकरण : प्रदर्शनकारीमाथि प्रहरी चलायो दुई राउण्ड हवाई फायर, एकजना घाइते

रिनाको प्रेमी कमल प्रहरीको नियन्त्रणमा
खबर पूर्वाञ्चल, १० बैशाख २०७६, मंगलवार १४:१७

पथरी / रिना बस्नेतको हत्याराको कारवाहीको माग गर्दै मोरङको पथरीमा प्रहरी प्रशासन र नगरपालीकामा स्थानीयवासीले ढुंगामुढा प्रहार गर्दै नगरपालिकामा पनि तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

स्थितीलाई नियन्त्रण बाहिर गएपछि प्रहरीले २ राउण्ड हवाई फायर गरेको हो । मोरङको पथरीमा शनिबार विहान अर्धनग्न अवस्थामा डेरा अगाडी मृत फेला परेकी रिनाकोे हत्यारा पत्ता लगाउन दवाव दिदैं स्थानीयवाशीले हिजोदेखि आन्दोलन गर्दै आएका छन् ।

प्रहरीले मंगलबार मध्यान्ह २ राउण्ड हवाई फायर गरेपछि भाग्ने क्रममा पथरी १ का जीतबहादुर लावती घाइते भएको स्थानीयले बताएका छन् । प्रहरीले हवाइ फायर गरे पछि झन भीड आक्रमक भएका छन् । उनको टाउकोमा ३ वटा टाँका लगाईएको बताइएको छ ।

शनिबारदेखि अशान्त बनेको पथरीका स्थानीय आइतबारदेखि सडममा उत्रिएका छन् । आज स्थानीयको प्रर्दशनले उग्र रुप लिएको छ । आन्दोलनको क्रममा प्रहरीले ज्यादती गरेको भन्दैं भीडले नगरपालिकाको कार्यालयसमेत तोडफोड गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले थप प्रहरी परिचालन गरिएको छ ।

रीनाको शंकास्पद मृत्यु प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले प्रेमी भनिएका कमलप्रसाद नेपाललाई नियन्त्रणमा लिएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका– ३ घर भई पथरीमा नै व्यवसायी गर्दै आएका नेपाललाई नियन्त्रणमा लिएको हो । रीनास“गको सम्बन्धको विषयमा छानविनका लागि कमललाई सोमबार राति नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले सोधपुछका लागि नेपाललाई नियन्त्रणमा लिइएको जानकारी दिए । पथरीमा व्यवसाय गरिरहेका नेपाल रीनाको प्रेमि हुन् । रीनालाई कस्मेटिक्स पसल सञ्चालन गर्न उनले नै सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५