वंशजको नागरिक्ताको ३५ सय टोकन वितरण

खबर पूर्वाञ्चल, ५ बैशाख २०७६, बिहीबार १६:५१

कुमोद अधिकारी
विराटनगर । जन्मको आधारमा नागरिक्ता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिक्ता दिने निर्णय भएसंगै मोरङ जिल्लामा नागरिक्ता लिनेको संख्यामा उल्लेखनिय वृद्धि भएको छ ।

मोरङमा आजसम्म सातसय भन्दा वढिलाई वंशजको नागरिक्ता वितरण गरेको र नागरिक्ता वनाउँन आउनेहरुलाई थप ३५ सय टोकन वितरण गरिएको जिल्ला प्रसासन कार्यालय मोरङले जनाएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले इलाका प्रसासन कार्यालय रंगेली, इलाका प्रसासन कार्यालय उर्लावारी तथा जिल्ला प्रसासन कार्यालयवाट नागरिक्ता वितरण भई रहेको वताइन् ।

मन्त्रीपरिषदको निर्णय अनुुसार मोरङमा चैत २० गते देखि वंशजको नागरिक्ता वितरण शुुरु भएको हो । त्यसपछि अदालतको आदेश अनुसार चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म नागरिक्ता वितरण रोकिएकोमा अदालतको निर्णय पछि वैशाख ४ गतेदेखि नागरिक्ता वितरण फेरी शुरु भएको हो ।

कार्यालयवाट सरदर दैनिक २ सय जनाले त्यसप्रकारको नागरिक्ता लिने गरेका छन् । नागरिक्ता लिनेको संख्या उल्लेखनिय रुपमा वढेपछि कर्मचारीको संख्या वढाएर फर्म भरेको केहि घन्टामै नागरिक्ता उपलव्ध गराउदै आएको सहायक प्रजिअ ओलीको भनाई छ ।

कार्यालयवाट यस अघि वैवाहिक र वंशजका देनिक ६० देखि ६५ वटा नागरिकता वितरण हुुदै आएको थियो । पाँच वर्ष पछि यस्तो प्रकारको नागरिक्ता दिन वाटो खुुलेपछि जिल्ला प्रसासन कार्यालयमा नागरिक्ता लिन आउनेको संख्यमा वृद्धि भएको हो । यस्तो नागरिकता पाउनकालागी आमा र वावुुको नेपाली नागरिक्ताको प्रमाणपत्र अनिवार्य हुुनुुपर्छ ।

२०६४ साल संविधानसभाको निर्वाचन अघि खटिएको नागरिक्ता टोलिवाट देशभर १ लाख ७० हजार ४२ जनाले जन्मको आाधारमा नागरिक्ता पाएका थिए । ती नागरिकका सन्तान वालिग भएपनि लामोसमय नेपाली नागरिक्ता पाउनवाट वन्चित थिए ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५