RUMPUM
animated ellipse animated ellipse

बाँस झ्यांगमा पेस्तोल लुकाउने पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ बैशाख २०७६, मंगलवार २०:४०
3
Shares
विराटनगर / मोरङको विराटनगर महानगरपालिका १६ स्थित दरैया चिहान घारी नजिक रहेको बाँस झ्याङमा पेस्तोल लुकाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका १५ घर भई हाल विराटनगर १६ दरैया वस्तीमा बस्दै आएका ३५ वर्षीय मणीकुमार सिंहलाई अनुसन्धानको क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । सिंहले बाँस झ्याङमा ‘मेडइन यूएसए’ लेखेको पेस्तोल र दुई थान गोली लुकाएको अवस्थामा प्रहरीले आइतबार बरामद गरेको थियो ।

सिंहले भारतबाट २० हजार रुपैयाँमा कुनै अपराधिक कर्म गर्ने उद्देश्यले पेस्तोल ल्याएको मोरङ प्रहरीले दावी गरेको छ । उनको विषयमा अनुन्धानमा भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
‘केही दिनअघि छिमेकीसँग सिंहको झगडा परेको थियो । जग्गा विवादमा झगडा भएपछि तर्साउनका लागि हतिहार ल्याएको हुन सक्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । वैशाख १ गते सिंहले नै बासघारीमा पेस्तोल भएको सूचना दिएका थिए । सिंहले जग्गा विवादमा अर्को व्यक्तिलाई फसाउन पनि उनको घर नजिकको बाँस झ्याङमा पेस्तोल राखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जग्गा विवाद सिंहले फसाउन खोजिएको सवेन्द्र सहनीको घर बाँस झ्याङ नजिक पर्दछ । सवेन्द्र सिंहको साढु भाई पर्दछन् ।

पक्राउ परेका सिंहलाई मंगलबार जिल्ला अदालत मोरङमा हातहतियार खरखजना अन्र्तगत मुद्दामा म्यात थप गरि अनुसन्धान भइरहेको डिएपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर