CLASSICTECH NET

समाचारहरु विश्वनिय हुनुपर्छ–मन्त्री कार्की

खबर पूर्वाञ्चल, १ बैशाख २०७६, आईतवार २१:०१

विराटनगर / नेपाल टेलिभिजनले प्रादेशिक ब्यूरो कार्यालय विराटनगरमा विस्तार गरेको छ ।

नयाँ वर्ष २०७६ को अवसर पारेर आज विराटनगरमा प्रदेश १ ब्यूरो कार्यालय शुभारम्भ गरिएको हो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले ब्यूरो कार्यालयको उद्घाटन गर्दै नागरिकलाई सूचनाका हकको पत्याभूत गर्न शुभकामना दिए । मन्त्री कार्कीले समाचारहरु विश्वनिय हुनुपर्ने बताउँदै प्रदेश सरकारका गलत कामको ढाकछोप गरेर गल्ती दोहो¥याउने वातावरण नबनाई दिन समेत अनुरोध गरे । मन्त्री कार्कीले नेपाली जनता माझ कर्णप्रिय बनेको टेलिभिजनलाई थप व्यवसायीक बनाउनु पर्ने बताए । उनले राज्यको लगानीमा रहेका सञ्चारमाध्यम पूर्ण व्यवसायीक बन्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले सरकारले गरेका कामहरुको सुचना जनता माझ पु¥याउने मात्रै नभई जनताको सुझावलाई सरकारसम्म ल्याउने भूमिका निर्वाह गरिरहेको बताए । उनले व्यवसायीक सञ्चारमाध्यमको रुपमा नागरिकको वास्तविक सुचना दिनु नेपाल टेलिभिजनको कर्तव्य भएको बताए । डा. विष्टले नेपाल टेलिभिजनले एक नम्बर प्रदेशको छुट्टै च्यानल चलाउँन इटहरी प्रसारण केन्द्र चाडै नै सञ्चालनमा ल्याउन लागेको जानकारी दिदै नेपाल टेलिभिजनको भावी कार्ययोजना बारे स्पष्ट पारे ।

प्रदेश सरकारको विशेष बुलेटिन प्रशारण गर्ने उद्देश्यसहित सातै प्रदेशमा टेलिभिजनको ब्यूरो कार्यालय स्थापना गरिने बताइएको छ । प्रदेश १ सरकारले गरेका गतिविधिलाई हप्तामा तीनदिन विशेष बुलेटिन प्रसारण गर्ने तयारी नेपाल टेलिभिजनले थालेको छ ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले प्रदेश कार्यालय सञ्चालनसँगै नागरिकको लोकप्रिय सञ्चारमाध्यमको उचाई अझै बढ्ने विश्वास व्यक्त गए । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी टेलिभिजनले व्यवसायिक पत्रकारिताको धर्म पालन गर्नु पर्नेमा जोड दिनु भयो राष्ट्रिय समाचार समितिको विराटनगर कार्यालयमा टेलिभिजनको प्रादेशिक ब्यूरो कार्यालय स्थापना गरिएको छ ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५