CLASSICTECH NET

रङ्गशाला निर्माणको सहयोगार्थ दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने

खबर पूर्वाञ्चल, २७ चैत्र २०७५, बुधबार १८:३८

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ ।

दुबई स्थित सम्पुर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको संयोजनमा यहि अप्रिल २६ तारिखका दिन कार्यक्रम हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले जानकारी दिएका छन् ।
ग्राण्ड एक्सेलसियर होटल, बर दुबईमा आउँदो अप्रिल २६ मा हुने कार्यक्रममा धुर्मुस सुन्तली सहित अन्य चर्चित कलाकारहरुको समेत उपस्थिती रहने छ । धुर्मुसले सामाजिक सञ्जाल फेसबुक मार्फत कार्यक्रम हुने जानकारी दिँदै दुबईमा रहेका नेपालीहरुलाई उपस्थितीका लागि अनुरोध समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५