पूर्वाञ्चल खबर
विराटनगर / मोरङ र झापामा चट्याङमा परेर दुई जनाको ज्यान गएको छ ।
आज दिउँसो गरेको चट्याङले लागेर मोरङ र झापामा दुई जनाको ज्यान गएको हो । मोरङको वुढीगंगा गाउँपालिका ३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । आज दिउँसो घर नजिकै रहेको बारीमा गाईवस्तु फुकाउन जाने क्रममा चट्याङ लागेर सोही स्थानकी १० वर्षिय बालीका आरधना राजवंशीको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते बालीका राजवंशीलाई उपचारको लागि विराट मेडिकल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको मोरङ प्रहरी जनाएको छ ।
झापाको मेचीनगर नगरपालिका १५ ज्यामिरगढीमा आजै चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बिहानको समयमा खेतमा काम गरिरहेको अवस्थामा सोही स्थानका ४० वर्षका प्रकाश राउत निजको श्रीमती ३५ वर्षिया सुनिता राउत र निजको भाउजु ३६ वर्षिया मञ्जु राउत घाइते भएका थिए । चट्याङ लागेर घाइते भएका तीनै जनालाई उपचारको लागि ओमसाइ पाथिभरा अस्पताल भद्रपुर पठाईएकोमा उपचारको क्रममा प्रकाश राउतको मृत्यु भएको झापा प्रहरीले जनाएको छ भने २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।