लागुऔषध सहित ७ जना पक्राउ

खबर पूर्वाञ्चल, २३ चैत्र २०७५, शनिबार १५:३९

विराटनगर / उदयपुर र मोरङका छुट्टाछुटै स्थानबाट लागऔषध सहित ७ जनालाई प्रहरी पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका २ बाट २ वटा मोटरसाईकलसहित ४ जनालाई पक्राउ गरेको हो । गस्तिमा रहेको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आऊँदै गरेको बा ६५ प ७५६९ र को २६ प ५२०४ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा बेलवारी नगरपालिका ९ का ३० बर्षीय सुमन राई २७ बर्षीय सनिम राई, २१ बर्षीय आदेश राई, लेटाङ नगरपालिका ३ का २९ बर्षीय बिष्णु नेपाली र २३ बर्षीय शान्तिराम काफ्लेको साथबाट ३२ ट्याव्लेट स्पासप्रोकोन प्लस नामको लागुऔषध फेला पारेको थियो । लागुऔषध सहित पक्राउ परेका ५ जनालाई नै ईलाका प्रहरी कार्यालय रङगेलीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । चेकजाँचमा खटिएको प्रहरी टोलीले स ६ प ९३५५ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका त्रियुगा नगरपालिका १२ का २३ बर्षीय बिष्णु तामाङ र १८ बर्षीय आषिश चौधरीको साथबाट नोर्फिन १५, डाईजेल्याव १७ र फेनारागन १६ एम्पुल बरामद गरेको थियो । लागु औषधसहित पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उदयपुर प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५