प्रेमीका रमिलाको हत्या गर्ने गुरुङ जेल चलान

खबर पूर्वाञ्चल, २२ चैत्र २०७५, शुक्रबार २०:१५

विराटनगर / मोरङको बेलाबारी – ४ की २८ वर्षिय रमिला राईको हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका तत्कालिन एमालेका नगर अध्यक्ष ४६ वर्षिय योगेन्द्र गुरुङ जेल चलान भएका छन् ।
जिल्ला अदालत मोरङको श्रेस्तेदार इश्वरमणी ओझाको इजालशले शुक्रबार गुरुङलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका हुन् ।

अदालतको मुलुकी फैजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ६७ बमोजिम पूर्पक्षको लागि थुनामा राख्न दफा ८० बमोजिमको थुनुवा पुर्जी दिएको छ । आदालतको आदेशपछि गुरुङ शुक्रबारनै विराटनगरस्थित जिल्ला कारागार मोरङ चलान भएका छन् ।

न्यायाधीशको अनउपस्थीतिमा श्रेस्तेदार ओझाले थुनछेकको आदेश दिएका हुन् । उक्त आदेशमा जिल्ला न्ययाधीश आएपछि आदालतको नियमावली, २०७५ को नियम १०(४) बमोजिम पुनर्विचारको लागि इजालसमा पेश गरिनेछ ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५