दश बर्ष भित्रमा प्रदेश १ का सवै विद्यालय झोला र किताव रहित बनाउँने : मन्त्री घिमिरे

खबर पूर्वाञ्चल, २२ चैत्र २०७५, शुक्रबार १८:००

विराटनगर / निजी तथा आवासीय विद्यालय अर्गनाइज नेपालको १४ औं महाधिवेशनवाट अध्यक्ष पदमा सर्वसम्मतिवाट निर्वाचित भएका टीकाराम पुरीलगायत प्रदेश १ बाट निर्वाचित १२ जनालाई आज विराटनगरमा सम्मान गरिएको छ ।

प्रदेश १ का सामाजिक विकाश मन्त्री जिवन घिमिरेले प्याव्सन प्रदेश १ समितिद्धारा आयोजित कार्यक्रममा अध्यक्ष पुरी , उपाध्यक्ष नारायणप्रसाद घिमिरे,सचिव राजेशकुमार दास, सह–कोषाध्यक्ष आशा खड्का तथा सदस्यहरु मेहन सुब्बा,हेमन्त कार्की,गजेन्द्र कन्दङवा,कविन्द्र मण्डल, जनक कार्की,जिवि गुरागाई , मिथिला राई र लेखनाथ भट्टराईलाई सम्मान पत्र एवम खादा ओढाई सम्मान गरे ।

प्रदेश १ का सामाजिक विकाश मन्त्री जिवन घिमिरेले १० बर्ष भित्रमा प्रदेश नं. १ का सवै विद्यालयबाट झोला र किताव विस्तापीत गरिने बताएका छन् । पाईलट प्रोजेक्टका रुपमा प्रदेश नं. १ का विद्यालयबाट कार्य शुरु गरिन लागेको मन्त्री जीवन घिमिरेले बताए । निजि विद्यालय निरन्तर अंग्रजी भाषा मात्र पठन पाठन गर्दै जाने हो भने नेपाली भाषा नै लोभ हुने मन्त्री घिमिरेले बताए । निजी विद्यालय र सामुदायीक विद्यालयविच मितेरी कार्यक्रम ल्याउँने तयारी रहेको समेत मन्त्री घिमिरेले बताए ।

प्याब्सनका भर्खरै निर्वाचित केन्द्रीय अध्यक्ष टीकाराम पुरीले निजी विद्यालयका विपक्षमा देखिएका समस्याहरुको समाधान संवाद र लबिङकै माध्यमबाट हुने विश्वास ब्यक्त गरे । ‘नितीगत कुरामा हामीले छलफलबाट नै समस्या समाधान गर्ने प्रयासको थालनी गरेका छौं, अध्यक्ष पुरीले भने,‘केहि समस्याको सामाधान हुन्छ, तपाईहरु ढुक्कका साथ विद्यालय सञ्चालन गर्नुस् ।’ यद्यपी उनले सरकारले भनेजस्तै श्रमिक र कर्मचारीहरुको हितका सवाललाई भने कार्यान्वयन गर्न निजी विद्यालय समेत तयार हुनुपर्नेमा जोड दिए । सवै निजी विद्यालयले अहिलेको अवस्थामा कार्यान्वयन गर्न नसकेपनि सक्ने वर्गीकरणका आधारमा सक्षम विद्यालयले त्यसलाई कार्यान्वयन गर्ने र नसक्नेको सवालमा विकल्पको खोजी गर्नुपर्नेमा जोड दिए ।

उनले निजी विद्यालयका समस्याका बारेमा प्रधानमन्त्री र शिक्षामन्त्रीलाई पनि जानकारी गराइसकेको बताए । अध्यक्ष पुरीले भने, ‘सम्माननीय प्रधानमन्त्री र माननीय शिक्षामन्त्रीले निजि विद्यालयका विरुद्ध नभई नियमनसम्म गर्ने गरि ऐन ल्याउने बताउनुभएको छ ।

अध्यक्ष पुरीले यस्तै उनले दुई वर्षे कार्यकालभित्र प्याब्सनको केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने र प्याब्सनलाई भरपर्दो, रहरलाग्दो संगठनको रुपमा विकास गर्ने बताए । यस्तै समाजप्रति र राष्ट्रप्रति उत्तरदायी हुने र समग्र नेपालको निजी क्षेत्रको शिक्षालाई पनि राज्यका मुल प्रवाहमा समावेश गर्ने प्रयत्नहरु हुने बताए । उनले भने,‘ समग्र नेपालको शिक्षाको विकासका लागि निजि विद्यालयहरुको भूमिकालाई राज्यले मुल्याकंन गर्ने गरिका प्रयासहरु आगामी दुई वर्षको कार्यकालमा मेरो नेतृत्वको केन्द्रीय प्याव्सनले गर्नेछ ।’

अध्यक्ष पुरीले शिक्षालाई प्रविधि र सीप सँग जोड्न प्रत्येक विद्यालयमा प्रविधिको प्रयोग गर्ने । र सोहि अनुरुपको पाठ्यक्रम निर्माणमा जोड दिइने बताए ।

कार्यक्रममा मोरङ जिल्ला समन्वय समितिका प्रमुख नेरश पोखरेल, रामधुरनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, शिक्षा विकाश तथा समन्वय इकाई मोरङका प्रमुख राजेन्द्र बुढाथोकी, एनप्याब्सनका केन्द्रीय सल्लाहकार पाण्डव हमाल, प्रदेश १ का प्याब्सनका अध्यक्ष यूवराज वशिष्ट प्याब्सनका राष्ट्रिय उपाध्यक्ष नारायण घिमिरे , प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत तथा प्याब्सनका विभिन्नतहका नेताहरुले नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभ कामना दिएका छन् ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५