मातृभूमी कपको तयारी अन्तिम चरणमा, नियमित अभ्यासमा कलाकारहरु

खबर पूर्वाञ्चल, २० चैत्र २०७५, बुधबार १७:०५

काठमाण्डौं / धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ हुने मातृभूमी कपको तयारी अन्तिम चरणमा पुगेका छ

चैत २३ गते आयोजना हुने मातृभूमी कपको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । कलाकारहरुको टिमलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिईरहेका छन् । कलाकारहरुको तर्फबाट भने पूर्व खेलाडी समेत रहेका कमल मैनाली र सुनिल थापाले पनि प्रशिक्षण दिईरहेका छन् ।

अहिले अभ्यास खेलमा सुनिल थापा, बद्रि पंगेनी, कुमार कट्टेल, सन्दीप क्षेत्री, राजु ढकाल, घनश्याम गौतम, सन्तोष लामा, सरोज खनाल, दयाहाङ राई, निश्चल बस्नेत, हेमन्त शर्मा, हेमन्त राना, सुरजसिंह ठकुरी, राजा राजेन्द्र पोखरेल, अर्जुन घिमिरे‘पाँडे’, निर्मल शर्मा, अनुराग कुँवर, कृष्ण काफ्ले र सलिनमान बनिया दैनिक उपस्थित भईरहेका छन् ।

मातृभूमी कपबाट उठेको रकमको १५ प्रतिशत आँधी प्रभावित क्षेत्रमा खर्च गर्ने भएको छ ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले सामाजिक संजाल फेसबुकममा एक स्ट्याटस पोष्ट गर्दै बारा र पर्सामा राहत बाँडेको र निरन्तर अभियान चलिरहने जानकारी गराए ।
आँधी गएको भोलिपल्टै तराई पुगेका धुर्मुसले फाउण्डेशनको तर्फबाट ४ सय पीडित परिवारलाई राहत वितरण गरेका थिए । राहत वितरणका लागि तराई पुगेका धुर्मुसले पुर्नबासको लागि जतिसक्दो छिटो सम्बन्धित निकायको ध्यान जानु पर्ने बताए । उनले लेखेका छन् ‘घरबार गुमाएर खुला आकाशमा रात काट्न बाध्यहरुका लागि गाँस, बाससहित छिटो भन्दा छिटो पुर्नबास नै अहिलेको मुख्य आवश्यकता हो । त्यसैले पुर्नबासको लागि सम्बन्धित निकायको ध्यान जाओस् ।’

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५