CLASSICTECH NET

मोटरसाइकल चोरीमा पत्रकारदेखि मेडिकल छात्र पक्राउ

खबर पूर्वाञ्चल, १८ चैत्र २०७५, सोमबार २०:५१

विराटनगर /मोटरसाइकल चोरीको घटना दिन दिनै बढीरहेको बेला विराटनगरमा प्रहरीले चोरीएका ५ मोटरसाइकल सहित ५ जनालाई पक्राउ गरि मोरङ प्रहरीले आज सार्वजनिक गरेको छ ।

चैत्र १४ गते सिरहाको लहान नगरपालिका ६ घर भई हाल विराटनगर ४ सप्तकोशी मार्गको एक घरमा डेरा गरी २७ वर्षिय विजयकुमार यादव पक्राउ परेसंगै प्रहरी गिरोहनै पक्राउ गर्न सफल भएको छ । उनले डेरा गरि बसेको घरको कम्पाउण्डभित्र लुकाइराखेको अवस्थामा स ५ प ३३३९ नम्बरको कालो रङको मोटरसाइकल बरामद भयो । कम्पाउण्डभित्रैबाट नम्बरप्लेट नभएको अर्को पल्सर मोटरसाइकल पनि भेटियो । यादव बस्ने घरबाट प्रहरीले मोटरसकाइलको रङ परिवर्तन गर्न प्रयोग गरिने स्प्रेहरू, विभिन्न साइजका रेन्चहरू, पार्टपुर्जा, नम्बर प्लेट जस्ता सामग्री पनि बरामद गरेको छ ।

विजयकै बयानको आधारमा प्रहरीले चोरीमा सुनसरी बर्जु गाउँपालिका ५ अमाहीवेलाहा चोक घर भई हाल विराटनगर ५ बरगाछी चोकमा डेरा गरि बस्ने मनोजकुमार चौधरीलाई समेत पक्राउ ग¥यो । मनोजलाई चैत १५ गते विराटनगरको कोशी प्रोजेक्ट क्षेत्रबाट स १० प ३५०१ नम्बरको रातो कालो रंगको मोटरसाइल चलाइरहेको अबस्थामा पक्राउ गरेको हो ।

को ३५ प ९७६३ रहेको नम्बरको मोटरसाइकललाई नम्बर र रंग फेरेर उनले चलाइरहेका थिए । विजयकुमार यादवसँगै बरामद भएको स ५ प ३३३९ नंम्बरको मोटरसाइकलको बास्तविक नम्बर को २५ प ५२५१ हो । त्यो मोटरसाइकल गत फागुन १८ गते १० बजे नोबेल अस्पतालको पार्किङबाट चोरी भएको थियो ।

मोटरसाइकलका धनी विराटनगर ४ ईक्राईका २० वर्षिय सुशान्त यादवले प्रहरी समक्ष १९ गते मोटरसाइकल हराएको निवेदन दिएका थिए । प्रहरीका अनुसार पक्राउ परेका मध्ये विजयकुमार यादव विराटनगरको मेडिकल कलेजको एमबिबिएसका विद्यार्थी, मनोजकुमार चौधरी भने फोटो तथा भिडियो पत्रकार भएको प्रहरीले जनाएको छ ।

को २८ प ७९७४ नम्बरको मोटरसाइकल खोजतलास गर्ने क्रममा प्रहरीले चैत १६ गते जतुवाबाट अनुज यादव र सोनेलाल महत्तोले चलाइरहेको अवस्थामा बरामद भएको थियो । त्यो मोटरसाइकल विराटनगर ४ ईक्राईका विरेन्द्र यादवको घरबाट चैत १५ गते हराएको थियो ।

चैत ९ गते स्थानीय चाँदनीचोकबाट हराएको को ३७ प ३१२० नम्बरको मोटरसाइकलसहित सिरहा नगरपालिकाका २० वर्षीय सुनिल यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । सिरहा नपाको महाविर चोकबाट फागुन १९ गते चोरी भएको मोटरसाइकल सहित उनी पक्राउ परेका हुन् ।

पक्राउ परेका पाँचैजना विरुद्ध मुलुकी फौजदारी अपराध (संहिता) २०७४ को चोरी कसुरअन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५