पूर्वाञ्चल खबर
लोकसेवा आयोग केन्द्रीय कार्यालयले आज विराटनगरमा आयोजित “अप्राविधिक सेवातर्फका राप तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको पदको समक्षमता पहिचान ” कार्यशाला गोष्ठीमा मन्त्री कार्कीले अहिलेसम्मको मर्यादालाई कायम गर्दै नयाँ विधी खोज्न आवश्यक रहेको सुझाव दिए । उनले अहिलेसम्म भएका कमजोरी नदोहो¥याउन नयाँ र फरक परीक्षा प्रणाली अपनाउनु पर्ने आवश्यकता रहेको बताए ।
आवश्यक कर्मचारीको कमीले प्रदेशको विकास निर्माण कार्यमा गतिलिन नसकको गुनासो गर्दैै प्रदेश लोकसेवा आयोग प्रमाणीकरण भैसकेका अवस्थामा आगामी असारसम्ममा आवश्यक कानून निर्माण प्रदेशलाई चाहिने दक्ष कर्मचारी नियुक्त गरिने विकासका कार्यलाई तिव्रगति दिने मन्त्री कार्कीले जानकारी दिए ।
उनले प्रदेश सरकारले आवश्यक दक्ष जनशक्ति छनौट गर्नका लागि केही निश्चित स्थानमा लोकसेवा आयोगको सहयोगमा विद्यालयस्तरमा तयारी सञ्चालन गर्ने सोचले कार्य गरिरहेको जानकारी दिदै लोकसेवाको आयोगले राखेको विश्वनियनता, गरिमा र प्रतिष्ठालाई अझ वढाउनु पर्नेमा जोड दिए ।
प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले गुणस्तरीय शिक्षाको विकास गरी आयोगले मर्यादित, गुणतरीय जनशक्ति छनौटवाट नै मुलुकमा समृद्ध कायम हुने वताए ।
सूचना र प्रविधीको विकाससँगै परीक्षा प्रणालीका लागि छनौट हुने प्रश्नपत्र, परिक्षार्थीको क्षमता परीक्षण मापन गर्ने विधीको विकास गर्नुपर्ने आवश्यकता महशुस गरेर सर्वेक्षण थालिएको लोक सेवा आयोगका सदस्य अशोककुमार झाले जानकारी दिए ।