AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कांग्रेस नेता खड्काको स्मृतिमा फलफूल वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०७५, शनिबार १६:०९
3
Shares
विराटनगर / नेपाली कांग्रेसका पूर्व महामन्त्री खुमबहादुर खड्काको स्मृति दिवसका अवसरमा आज नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले संयुक्त रुपमा बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।

पूर्व गृहमन्त्रीसमेत रहेका खड्काको प्रथम स्मृति दिवसको अवसर पारेर विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको हो । ओपीडी, प्रसूति, आकस्मिक, शिशु, शल्यक्रिया कक्षसहित अस्पतालका सबै वार्डमा पुगेर नेविसंघ र तरुण दलले जुससहित फलफूल वितरण गरेको थियो । आफ्ना सबैजसो दिवंगत नेताहरूको स्मृति दिवसमा फलफूल वितरणसहित विभिन्न कार्यक्रम गर्दै आएको संघका मोरङ सभापति देवचन्द्र घिमिरेले बताए ।

कार्यक्रममा राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझी, विराटनगर महानगरका मेयर भीम पराजुली, प्रदेशसभा सदस्य शान्ता पौडेल, विन्ध्या कार्की, कांग्रेसका यूवा नेता राजु मास्के, राजेश गुप्ता, सञ्जय मण्डल, विराटनगर कांग्रेसका कार्यबाहक सभापति अरुण न्यौपाने, सचिव प्रकाश दाहाल, तरुण दल मोरङका अध्यक्ष सञ्जय थापा, कोषाध्यक्ष लक्ष्मी रिजाल, नगरसभापति सन्तोष न्यौपाने, महिला संघ मोरङकी सचिव प्रमिला थापा, कांग्रेसका यूवा नेता सुवास भण्डारी, गोकुलसिंह थापा, तरुण दलका नेता अनुरोध साह, मनिष तिमलसिना, नेविसंघका नेता दिनानाथ आचार्य, नेविसंघ मोरङका सभापति देवचन्द्र घिमिरे, सचिव दिपेन रौनियार, ब्यूटीसियन संघ प्रदेश नम्बर १ का अध्यक्ष लीलाल ढुंगेललगायतले फलफूल र जुस प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर