पूर्वाञ्चल खबर
जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका, सिविन हेल्पलाइन र एसओएस बालग्राम इटहरीले १० महिने बालक सुमन मुखियाको उद्धार गरेको हो । शारिरीक रुपमा अशक्त दानवति मुखियाले शिशुलाई सडकमा आफुसँगै राखेर माग्ने गर्दै आएकी थिइन् ।
विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयको रोहबरमा एसओएस बालग्राम इटहरीलाई बालकको सम्पूर्ण जिम्मेवारी हुने गरी जिम्मा लगाइएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । माग्न सडकमा बस्दा बच्चाको स्वास्थ्य खतरामा पर्ने र उसको शिक्षा को पनि कुरा आउने भएकोले उद्धार गरिएको सिविन हेल्पलाइनका प्रमुख वासु अधिकारीले बताए ।
शरिरिक रुपमा अशक्त दानावती मुखिया बसपार्क र महेन्द्र चौक बीचको एउटा घुम्तीमा बस्छिन् । सडक, गल्लीको छेउमा यसरी बस्दा दुधे बालकको स्वास्थ्य जोखिम पुर्ण अवस्थामा रहेको थियो । सडकको धुलो, धुँवा, र चिसोले बच्चलाई जुनसुकै बेला संक्रमण हुने अवस्था थियो । बच्चाको अवस्था देखेर वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीले उनको जन्म दर्ता गरिदिए ।
जिल्ला प्रसासन र मोरङ प्रहरीको अनुसन्धाबाट दानवती बालकको आमा नभएको खुलेको हो । विराटनगर स्थित कोशि अञ्चल अस्पतालमा एक महिलाले जन्म दिएपछि दानबतीले ल्याएर मागी खाने भाडोको रुपमा प्रयोग गर्दै आएको बुझिएको अधिकारकर्मीहरुको भनाई छ ।