RUMPUM
animated ellipse animated ellipse

कार्यक्रममा जान ढिलो, फर्किन हतारो कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ मंसिर २०८०, शुक्रबार ०८:२४
342
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रमुख अतिथिका रुपमा निम्ता आएका कार्यक्रममा पुग्न ढिलाइ गर्ने र कार्यक्रमबाट फर्किनलाई हतारो गर्न थालेपछि उनी सहभागी कार्यक्रमहरूमै विरोध हुन थालेको समाचार आजको उद्घोष दैनिकले छापेको छ ।

बिहीबार पनि आफैं मन्त्री रहेको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा आयोजित एउटा कार्यक्रममा मुख्यमन्त्री कार्की डेढ घण्टा ढिलो पुगेर हतारमा फर्किन खोज्दा उनलाई कुरा सुनाउन पर्खिएका सहभागीहरूले नाराबाजी गरे ।

नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन ९नेभ्ला० को ३४औं स्थापना दिवसको अवसरमा आयोजित दूध तथा दूधजन्य पदार्थको बजारीकरणको समस्या र समाधानका विकल्प विषयक अन्तरक्रियामा प्रमुख अतिथिका रुपमा निम्ता गरिएका मुख्यमन्त्री कार्की डेढ घण्टा ढिलो पुगेका थिए ।

प्रमुख अतिथि कार्कीले ढिलाइ गर्दा अन्तरक्रियामा आफ्ना समस्या सुनाउन पुगेका दुग्धजन्य वस्तु उत्पादक किसानहरूले उनी फर्किइहाल्ने थाहा पाएपछि विरोध जनाएको बताएका छन् ।

एक सहभागीका अनुसार मुख्यमन्त्री कार्कीलाई ११ बजेका लागि बोलाइएकोमा १ः३० बजे पुगेका थिए । मुख्यमन्त्री आएपछि आयोजक संस्था नेभ्लाका केन्द्रीय अध्यक्ष रामप्रसाद मण्डलले कार्यक्रमबारे प्रकाश पार्ने क्रममा समय धेरै लगाएको झन्दै मुख्यमन्त्रीका सचिवालयका एक जनाले कार्यक्रम तत्काल सक्न निर्देशन दिएका थिए ।

त्यसलगत्तै कार्यत्रमका सहभागीहरूले मुख्यमन्त्रीविरुद्ध नाराबाजी समेत गरेको जहदा(३ स्थित टिका गौशाला कृषि पशुपालन फर्मका सञ्चालक लक्ष्मण साहुले बताए ।

नेपालमा १० हजार बढी झोलुंगे पुल निर्माण सम्पन्न भएको अवसरमा विराटनगरमै आयोजित अर्को कार्यक्रममा पनि मुख्यमन्त्री कार्की झण्डै ३ घण्टा ढिलो पुगेका थिए । उनी सोही दिन नेपाली कांग्रेस मोरङले आयोजना गरेको प्रथम जिल्ला सम्मेलनमा पनि आफ्नो मन्तव्य दिएलगत्तै कार्यत्रमस्थलबाट हिंडेका थिए ।

मुख्यमन्त्री कार्कीले आफ्नो कुरा राखेर हिंडेपछि त्यसपछि बोल्ने पालो आएका कांग्रेसकै एक प्रदेशस्तरका नेताले उनीलाई संकेत गर्दै ‘अरुको कुरा नसुन्ने’ भन्दै टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर