CLASSICTECH NET

रत्ना होटल सञ्चालकको गुनासो ‘फैसला अनुसार तलब दिन तयार हुदाँ पनि दुःख दिए’

खबर पूर्वाञ्चल, १३ चैत्र २०७५, बुधबार १६:०९

विराटनगर / अदालतले गरेको फैसला बमोजिमक चार जना कर्मचारीहरूको पैसाँ दिन तयार रहँदा पनि अनआवश्यक रुपमा दुःख दिने गरेको विराटनगरस्थित रत्ना होटलका प्रबन्ध निर्देशक रेवतबहादुर थापाले बताएका छन् ।

विराटनगरमा आज पत्रकार सम्मेलन गरि होटलका निर्देशक थापाले कर्मचारीलाई अदालतको फैसला अनुसार पारिश्रमिक दिन तयार रहदा पनि विभिन्न बहानमा पैसा नलिकन दुःख दिने गरेको बताएका हुन् ।

२०६८ भदौ २३ गते श्रम अदालतले गरेको फैसला बमोजिम काम गरेको आधारमा रामेश्वर बुढाथोकी, दुर्गाप्रसाद उप्रेती, पारस गुरुङ र विश्वबन्धु खड्कालाई तलब दिन तयार रहदामा पनि लिने बातवरण श्रम कार्यालयले नगरेर बरु उल्टै होटल बन्द गर्ने काम गरिरहेको थापाको आरोप छ । २०६८ सालबाट सुरु भएको मुद्दा गत असार २७ सर्वोच्च अदालतबाट किनारा लागेको हो । अदालतले श्रमिकको पक्षमा फैसला गरेको छ । अदालतले श्रमिकको पक्षमा फैसला गरे अनुसारको तलब दिन आफु तयार भएको उनले बताए ।

‘तत्कालिन समयमा गलत गर्ने कर्मचारीलाई स्पस्टीकरण सोध्ने तयारी गर्दागर्दै आफैं काम छोडेर हिड्े थिए,’ पत्रकार सम्मेलनमा उनले भने, ‘रामेश्वर होटलमा कुकको रुपमा काम गर्दै आएका थिए । काम खोज्दै आएका थिए । मैले काम दिए र २०५८ सालदेखि रत्ना होटलमा काम सुरु गरे ।’ गलत मनसायले सेवाग्राहीका लागि बनाएको खानामा समेत लापरबाही गरेको थापाको गुनासो छ । तरकारीमा कन्सुत्ली भेटिएको, बासी मम ग्राहकलाई बाँडेको, चिलेसा परेको चामलको खाना पकाएका कारण स्पष्टीकरण सोध्ने तयारी गरिरहेको बेला रामेश्वरले होटल छाडेको थापा बताउँछन् ।

‘खराब आचरण गरेको कारणले मैले स्पष्टिकरण सोध्ने तयारी गरेका थिए,’ उनले भने, ‘एक्कासी उनीहरू आफै काम छोडेर हिडे ।’ अहिले आएर मुद्दा मामिला गरेर मुद्दा जिते र पनि अदालतको आदेश मान्न आफूहरु तयार रहेको बताउदै उनले पारिश्रमिक भुक्तानी गर्ने बताए । ‘चार जना मजदुरले बिदा, बोनस र महङगी भक्तासहित काम नगरेको हिसाब जोडेर १ करोड रुपैयाँ पाउनुपर्ने बताउदै आएका छन्,’ थापाले भने, ‘काम गरेको आधारमा कानुनले भेटेको रकम भुक्तानी गर्न आफू तयार छु ।’ होटल निर्देशक थापाले उनीहरूले गरेको कामको आधारमा ४ जनाले करिब २१ लाख रुपैयाँ पाउने देखिएको उनले बताए ।

काम गरेको कर्मचारीको कानुन बमोजिमको पैसाँ दिन आफु तयार हुँदा हुँदै पनि श्रम तथा रोजगार कार्यालय विराटनगरले बैंक खाता रोक्का गरेर लगत गरेको उनले बताए । ‘काम गरेको कर्मचारीको कानुन अनुसारको पैसाँ दिन्छु भनिरहेको छ,’ उनले भने, ‘अहिले आएर होटलको बैंक खाता रोक्का भयो । निजी क्षेत्रमा लगानी गर्ने व्यवसायको लागि श्रमले हेर्ने दृष्टिकोण फरक भयो । ’ विभिन्न बहनामा श्रम कार्यालय विराटनगरले अनआवश्यक रुपमा बारम्बार दुःख दिने गरेको उनको आरोप छ ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५