पूर्वाञ्चल खबर
विराटनगर / गीरीजाप्रसाद कोइरालाको ९ औ स्मृति दिवसका अवसरमा जि.पि कोइराला फाउन्डेसन प्रदेश नं १ ले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
विराटनगर स्थित फाउन्डेसनको कार्यालय कोइराला निवास, पुष्पलालचोक र कटरी गाउँपालिकामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा १ सय ६१ जनाले रक्तदान गरेको फाउन्डेसनकी अध्यक्ष इन्दिरा थापाले जानकारी दिइन । रक्तदान कार्यक्रममा भक्तिनाथ माझी, सन्जय थापा ,लिला काफ्ले र जय पासवानले विभिन्न स्थानको संयोजन गरेका थिए । पछिल्लो समय रगत अभाव भइरहेको बेला रक्तदान कार्यक्रमले राहत मिल्ने बताएको छ ।