RUMPUM
animated ellipse animated ellipse

मेयरकप फूटबलमा धरान र दुहवी नगरपालिका विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ चैत्र २०७५, सोमबार २०:२८
3
Shares

सुनसरी / ईटहरीमा जारी मेयर कप खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको फुटबलमा धरान उपमहानगर र दुहवी नगरपालिका विजयी भएको छ ।

पहिलो खेलमा धरानले दुहबी निलोलाइ ६–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । धरानलाइ फराकिलो जित दिलाउने क्रममा मिलन राई एक्लैले ४ गोल गर्दा बर्तमान राई र बिटु तामाङले एक एक गोल गरे । दुहवी निलोका लागि विजय पोखरेल र भरत चौधरीले एक एक गोल गरे । सो खेलमा धरानका लागि चार गोल गर्ने मिलन राई म्यान अफद म्याच घोषित हुदै नगद २ हजार पुरस्कार पाए ।

दोस्रो खेलमा इनरुवा नगरपालिकालाई एक सुन्य गोल अन्तरले पराजित गर्दै दुहवी रातो सेमिफाइनल प्रवेश गरेको छ । दुहबी रातोको लागी मनिष अधिकारीले गरेको गोल नै निर्णायक बन्यो । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।

मंगलबारको अन्तिम क्वाटरफाइनल खेल वराहक्षेत्र नगरपालिका र ईटहरी निलो विच हुने प्रतियोगिता संयोजक केशव कार्कीले जानकारी दिए । सुनसरीका ६ वटा पालिका सहभागी मेयरकपको फाइनल खेल शुक्रबार हुनेछ । उपाधि विजेताले नगद १ लाख र उपविजेताले ५० हजार पाउने छ ।

मेयरकप प्रतियोगिता अन्र्तगत फूटबलसहित प्रदेश नम्वर १ का पालिका स्तरीय क्रिकेट, भलिवल र तेक्वान्दो प्रतियोगिता समेत हुनेछ । क्रिकेट वाहेकका सवै प्रतियोगिता ईटहरी रंगशालामा हुने छ भने क्रिकेट प्रतियोगिता ईटहरी ९ स्थित क्रिकेट मैदानमा हुने छ । चैत १४ गते देखि १६ सम्म भलिवल प्रतियोगिता चैत २८ गते देखि वैशाख ३ गते सम्म क्रिकेट प्रतियोगिता र वैशाख ३ गते देखि ६ गते सम्म तेक्वान्दो प्रतियोगिता हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर