पूर्वाञ्चल खबर
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय प्रदेश नंं. १ ले आज आयोजित होली पर्व–२०७५ को शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राई यो पर्वले सबैलाई सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
मुलुकमा मनाइने यी र यस्ता विविध चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संर्वद्धन गर्दै समृद्धितर्फको यात्रामा अगाडि बढ्नु हामी सबैको दायित्व हो रहेको मुख्यमन्त्री राईले बताए । त्रेतायुग देखि मनाउँदै आएको यो पर्व असत्य माथी सत्यको विजयको पर्वको रुमा लिइने होली पर्व मुलुकभर हर्षोल्लासपूर्वक मनाइने राष्ट्रिय पर्व रहेको भन्दै मुख्यमन्त्री राईले रङकाृ पर्व मानिने यस पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने मैले विश्वास लिएको बताए ।
मुख्यमन्त्री राईले पुरानो कटुता बिर्सेर आपसी भाइचारा सम्बन्ध तथा आपसी सहिष्णुता कायम राख्न मदत गर्ने यो पर्वबाट हाम्रा चाडपर्वहरुले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउँदै एकताबद्ध गर्न र आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संर्वद्धन गर्न अभिप्रेरित गरिरहेको बताए ।
जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीहरुले खुशी र मनोरञ्जन साटासाट गर्न विभिन्न रङहरुमा रङ्गीएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने हाम्रो परम्परा रहेको भन्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।
कार्यक्रममा प्रदेश प्रमुख प्रा डा गोबिन्दबहादुर तुम्वाहाङ, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग,पर्यटन,वन तथा वातावरणमन्त्री जगदीश कुसियत, मन्त्रालयका सचिवहरु, प्रमुख जिल्ला अधिकारीहरु, प्रदेश प्रहरी प्रमुख, जिल्ला समन्वय समितिका संयोजकहरु, प्रहरी उपरीक्षकहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु, वित्तीय तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
……………………………..