RUMPUM
animated ellipse animated ellipse

जाजरकोटमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ कार्तिक २०८०, शनिबार १५:४९
198
Shares
काठमाडौं / हिजो राती जाजरकोटमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार जाजरकोटमा १ सय जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।

स्थानीय तहहरुले संकलन गरेको विवरणमा भने मृतकको संख्या अझै बढी देखिएको छ ।

नेपाल प्रहरीले आज दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् ।

जाजरकोटको भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका धेरैको मृत्यु भएको छ ।

जाजरकोटमा घाइतेमध्ये २२ जनालाई थप उपचारकालागि सुर्खेत रिफर गरिएको छ भने अन्यको जिल्लामै उपचार भइहरेको प्रहरीले जनाएको छ।

रुकुम पश्चिमका घाइतेमध्ये ७ जनालाई उद्धार गरेर उपचारकालागि सुर्खेत लगिएको छ भने १० जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

भुकम्पपछिको खोज तथा उद्धारको काम जारी छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर