पूर्वाञ्चल खबर
राम किशोर मेहता
होली पर्व विशेष गरि भारत तथा नेपालमा बसोबास गर्ने हिन्दू धर्ममाबलीहरुले मनाउने एक ऐतिहासिक तथा प्राचिन पर्व हो। तर, हाल यो पर्व नेपाल तथा भारत बाहेक ऐसिया महादेशको अन्य देसहरुको साथै अमेरिका तथा यूरोप महादेशको केहि देशहरु, विशेष गरि भारत तथा नेपालबाट विभिन्न कालखण्डमा बसाईसराई गरि हालसम्म बसोबास गरिरहेको, मा धुमधामका साथ मनाउने गरिन्छ। साथै, बंगलादेश तथा पाकिस्तानमा बसोबास गरिरहेका हिन्दु धर्ममाबलीहरु समेत होली पर्व मनाउने गर्दछ । यस बाहेक सुरीनाम , गुयाना, ट्रिनिदाद एण्ड टोबागो, दक्षिण अफ्रिका, मलेसिया, संयुक्त अधिराज्य, क्यानाडा, अस्ट्रेलिया, मारिसस लगायतका देशहरुमा बसोबास गरिरहेको हिन्दु धर्ममाबलीहरु समेत होली पर्व मनाउने गर्दछ ।
श्रोत : विकिपेडिया
यो पर्वले असत्य माथि सत्यको विजय, बसन्त क्रृतुको आगमन, शरद क्रृतुको अन्तय, मन भित्रको तुष मार्न लगायत अन्य समाजिक महत्व दर्शाउदछँ। यो पर्वको अवधि एक दिन र एक रातको हुन्छ। बिक्रम संवत क्यालेनडर अनुसार प्रत्येक वर्ष फाल्गुन महिनाको पुर्णिमाको दिन यो पर्व मनाउने गरिन्छ। पुर्णिमाको अघिल्लो बेलुका होलिका दहन सँगै शुरु भएर पुर्णिमाको दिन भरि विभिन्न प्रकारको रंग तथा अबिर खेलि यो पर्वको अन्तय हुन्छ।
महिनौदेखि मन भित्र रहेको विभिन्न दुष प्रभावहरु निर्मुल पार्नको लागी, दुष्ट राजा ह्रिण्यकश्चयपकी बहिनी होलिका को मृत्यू आगोमा जलेर भएको कारण, होलिका दहन गर्ने परम्परा सँदियौं देखि चलिआएको छ ।
होलीको इतिहास
होली हिन्दु धर्माम्बलीहरुले मनाउँदे आएको एक प्राचिन पर्व हो। यस पर्वको बारेमा हिन्दुको ग्रन्थ पुराणमा समेत उल्लेख गरिएको छ । यसको साथै चौथौ शताब्दी तिर चन्द्रगुप्तको शासनकालमा कवि कालिदासले समेत होलीको बारेमा उल्लेख गरेको पाईएको छ। यस बाहेक सातौं शताब्दीको संस्कृत नाटक रतनाबलीमा समेत होलीको बारेमा उल्लेख गरिएको छ । सत्रौं शताब्दी सम्ममा होलीको महत्व यूरोपियन व्यापारी तथा ब्रिटिशले भारतलाई औपोनोवशिक बनाएको तत्कालिन कर्मचारीहरुको नजरमा परेकोले यस शब्दको सत्रौं शताब्दीमा Oxford English Dictionary मा प्रवेश भएको पाईन्छ। यस शब्दकोषको विभन्न संस्करणहरुमा होली शब्दको फरक फरक हिज्जे प्रयोग गरिएको छ : Houly ( 1687), Hooly (1698), Huli(1789), Hohlee( 1809), Hoolee ( 1825) and Holi ( after 1910).
होली खेल्ने तरिका
होली पर्व मनाउने तरिका विशेषत : गाँउ तथा शहरमा फरक फरक रहेको पाईन्छ। गाँउघरमा विभिन्न उमेरको मानिसहरुको एक समुह विषेश बाजा तथा प्रेराणत्मक गितहरु गाँउदै तथा बजाउंदैं, रंग तथा अबिर दल्दै एक घर बाट अर्को घरमा गई जोगिरा गाउने तथा घरबेटिले पकाएको मालपुवा लगायत अन्य परिकारहरु सबै होली खेल्ने अतिथीहरुलाई प्रदान गरि तथा सकेसम्मको दक्षिणा दिएर होली मनाईन्छ। विभिन्न स्थानहरुमा “मटका फोड” कार्यक्रम समेत राखेर होली मनाईन्छ। शहरमा भन्ने होली खेल्ने समुह खास गरि युवाहरु एक अर्काको घरमा गई सामुहकि नाचगान गरि होली खेलेको पाईन्छ। साथै, विषेश समुहलाई लक्षित गरि लोला हान्ने प्रचलन समेत शहरमा पाईन्छ।
होलीको अर्थशास्त्र
होली पर्व मनाउने क्रममा विभिन्न वस्तुहरुको प्रयोग गरिने भएकोले यस पर्वले देश तथा समाजको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको पाईन्छ। होली खेल्न प्रयोग गरिने वस्तुहरुलाई विभिन्न भागमा वर्गिकरण गर्न सकिन्छ ः परम्परागत तथा आधुनिक, स्थानिय स्तरमा पाईने तथा कलकारखानामा निर्मित ईत्यादी।
प्राचिन कालमा होलि खेल्न प्राकृतिक तथा सजिलै सफा गर्न सकिने पर्दाथहरु जस्तै हल्दी, निम, कुमकुम इत्यादी को प्रयोग गरिन्थ्यो। यी सामानहरु स्थानिय स्तर तथा गाँउघरमा उत्पादन हुने भएकोले यस्ता सामानहरुको विक्रि भएर किसान तथा अन्य साना स्थानिय व्यापारिहरुको आय आर्जनमा टेवा पुग्दथयो । तर, हाल होलीमा विभिन्न कलकारखानामा उत्पादित सामानहरुको प्रयोग गर्ने प्रचलन बढदै गईरहेकोले यस पर्वको कारण विभिन्न ठुला व्यापारि तथा कम्पनिहरुको आम्दानीमा सकारात्मक प्रभाव परेकोले नै वर्षे पिच्छै विभिन्न नँया नँया होली पर्व लक्ष्ति वस्तुहरु उपत्पादन तथा विक्रि वितरण हुन थालेको छ ।
होली पर्वलाई नै लक्षित गरि विभिन्न प्रकार तथा साईजका मास्क, पिचकारी, टोपी, कृत्रिम विभिन्न रंगका कपाल, टि सर्टहरु बजारमा बिक्रि वितरण गरिन्छ । एक दिन मनाइने तथा विभिन्न मान्यताहरुमा अधारित खुशि सटासाट गर्नको लागी यो पर्व मनाउने गरिएकोले आम जनता पनि कुनै मरमोलाई नगरिकन व्यापारिहरुले भनेका मुल्यमा नै सामानहरु किन्ने भएकोले यस पर्वको कारण देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको भन्दा अतिश्योक्ति नहोला।
होली पर्वलाई नै विशेष अवसर पारेर विभिन्न भाषाका गित तथा संगितहरु पनि प्रत्येक वर्ष सार्वजनिक भईरहेको तथ्य सबैलाई सर्वविदित नै हुनुपर्दछ । तर्सथ, सांगितक क्षेत्रमा लागेका कालाकारहरुको आय आजर्नमा समेत होली पर्वले सकारात्मक भुमिका खेलेको छ। होलि पर्व मनाउनको लागि प्रयोग गरिने अन्य सामानहरु जस्तै ढोलक , तबला, रंग , अबिर तथा भांग, बियर, मासु आदिको प्रयोग गर्नु नै परेकोले यस पर्वको कारण किसान देखि व्यापारि सम्म सबैको आय आर्जमा सकारात्मक सहयोग भईरहेको हुन्छ ।
केहि विकृतीहरु
होलि पर्व मनाउन थाले देखि हाल सम्मको अध्यन गर्दा यो पर्व मनाउने तरिका पनि समय सँगैं परिवर्तन भएको पाईन्छ । विभन्न कारण पाईएको खुशी सटासाट गर्ने अवसरको रुपमा मनाउन थालिएको यस पर्वको विकृतीहरु देखा पर्न थालेको छ। कुनै समय विशुद्घ रंग, अबिर तथा पानी प्रयोग गरि मनाईने यस पर्वमा हाल विभिन्न प्रकारको स्वास्थय समेतको लागि हानिकारक हुन सक्ने सामग्रीहरुको प्रयोग गर्न थालेर पर्वको नाममा विकृतीहरु भित्रायाउन थालिएको छ ।
खासगरि अत्याधिक मदिरा सेवन गरि होहल्ला गर्ने, लोला हान्ने, पानीको प्रयोग नगरिकन अन्य वस्तुहरु जस्तै मोबिल ईत्यादीको प्रयोग गर्नु , एक अर्काको लुगा च्यातिदिने जस्ता गर्न नहुने कामहरु गरेर होलि पर्वको विशेष महत्व माथि आधुनिकताको नाममा विभिन्न विकृतीहरु देखा पर्न थालेको छ। समय सापेक्ष हुनु पर्ने सकारात्मक परिवर्तनलाई आत्मसात गरि यस्ता विकृतीहरुलाई नियन्त्रण गर्नु पर्ने जिम्मेवारी हामी सबैको काँधमा आईपरेको छ।
अन्तयमा, शताबदियौं पुरानो यस होलि पर्वको मौलिकता कायम राखि समय सापेक्ष परिवर्तन समेतलाई आत्मसात् गरि देस तथा सामाजको अर्थतन्त्रमा साकारात्मक प्रभाव पार्ने हिन्दु धर्माम्बलीहरुको महान “ रंगको पर्व” भनेर चिनिने यस होलि पर्वलाई स्वचछ तथा भयरहित वताबरणमा मनाउनु नै सभ्याताको परिचय हो ।