RUMPUM
animated ellipse animated ellipse

ठुलो परिणामको गाँजा बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ चैत्र २०७५, सोमबार २२:०३
3
Shares

विराटनगर/मोरङ प्रहरीले ठुलो परिणामको गाँजा बरामद गरेको छ । प्रहरीलै रतुवामाई नगरपालिकाबाट अन्दाजी १५ किलो बरामद गरेको हो ।

रतुवामाई नगरपालिका ४ आमबारी गौरीगञ्ज सडकखण्डमा रतुवामाइ नगरपालिका २ मियाटोलका ५० वर्षिय भभला भन्ने मेहेरोउद्धिन मियाँ, रतुवामाई ४ का ४५ वर्षीया शोभादेवी साह र उनका छोरा राहुल भन्ने विक्कि साहलाई गाँजा बेचिरहेको अवस्थामा गाँजासहित प्रहरीले बरामद गरेको हो ।

प्लाष्टिकको झोलामा ल्याएको गाँजा दिदै गरेको अवस्थामा प्रहरी कार्यालय झुर्कीयाबाट गएको गस्ति टोलीलाई देखेपछि उनीहरु गाँजा छोडेर भागेका छन् ।

ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले गाँजा बरामद गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक कारवाही गरेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर