विराट व्यापार संघको होली मिलन कार्यक्रम

खबर पूर्वाञ्चल, १ चैत्र २०७५, शुक्रबार १९:२४

विराटनगर / रंगहरुको पर्व होलीको अवसरमा विराट व्यापार संघले आज होली मिलन कार्यक्रम गरेको छ ।

एक अर्कामा शुभकामना आदान प्रदान गर्ने उद्देश्यले विराट व्यापार संघले १९ बर्षदेखि हरेक बर्ष होली मिलन कार्यक्रम गर्ने गरेको अध्यक्ष शिवप्रसाद रिजालले बताए ।

कार्यक्रममा १ नं. प्रदेशका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङ, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझी, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा झोराहाट नाटक घरले विराटनगरलाई प्रदेशको राजधानी बनाउनुपर्ने भन्दै दवावमुलक नाटक प्रस्तुत गरेको थियो । कार्यक्रममा गायक सुमित खड्कालगायतका कलाकारहरुले नृत्य, कविता प्रस्ुतुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५