RUMPUM
animated ellipse animated ellipse

भोली विप्लवको आमहडताल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ फाल्गुन २०७५, बुधबार २२:०९
3
Shares
विराटनगर / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा विहिबार आमहडतालसहित नेपाल बन्दको घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

नेता–कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोटलगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै यही फाल्गुन ३० गते आमहडताल सहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ।महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सङघर्षको कार्यक्रम घोषणा गरेका छन्।

विप्लवको विज्ञप्तीमा भनिएको छ “केपी(प्रचण्ड सरकारले केही समय देखि देशभरी फासिष्ट दमन अभियान तीव्र वनाएको छ।”दमनका क्रममा २३ गते विहान ५ वजे कपिलवस्तु शिवराज नगरपालिका वार्ड नं ९ को अञ्चलपुरका युवा दुर्गा वहादुर रोकालाई घरबाट समातेर चौकीमा पु¥याई पुन सुन्दरीडाँडा जंगलमा लगेर गोली हानी घाइते तुल्याएको छ भने देशभरीबाट केन्द्रीय सदस्य कमरेड वन्धु चन्द, किसान संगठनका अध्यक्ष राजु कार्की सहित सयौं नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर