animated ellipse animated ellipse

साफ च्याम्पियनसिप खेल्न राम्रो टिम बनाएको छु’ : हरि खड्का

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ फाल्गुन २०७५, सोमबार २२:१५
3
Shares
मंगलबारदेखि विराटनगरमा हुने साफ महिला च्याम्पियनसिप नेवाली महिला टिमको तयारी बारे नेपाली महिला टिमका मुख्य प्रशिक्षक हरि खड्कासँग कुराकानी :

साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार नेपालले भुटानसंग खेल्दैछ । घरेलु भुमिमा नेपाली खेलाडीले कस्तो खेल प्रर्दशन गर्नेछ ?
हामी शारीरिक र मानसिक रुपमा तयार छौं । खेलाडीहरुमा आत्मविश्वास पनि उच्च छ । हामीसँग उत्कृष्ट खेलाडीहरु पनि छन् । हामी सबै प्रतिद्वन्द्वीहरुलाई सम्मान गर्छौं । हामीले कसैलाई पनि हलुका रुपमा लिएका छैनौं । तत्कालका लागि हामी समूह चरणमा ध्यान केन्द्रिन गर्नेछौं । सबै प्रतिद्वन्दीको ईज्जत गर्नेछौ । राम्रो खेल्दै पहिलो खेलमा भुटानविरुद्व जित निकाल्ने विश्वास छ । पछिल्लो प्रर्दशनबाट नेपाली टिमको मनोबल उच्च छ । बेन्च समेत बलियो छ । हाम्रो पहिलो लक्ष्य समुह चरण पार गर्नेछौं । प्रतियोगिताका लागि आफुले राम्रो टिम बनाएको छु । हाम्रो पहिलो प्राथिमकता समूह चरणतर्फ छ । त्यसपछि सोही अनुसार अगाडी बढ्ने छौं ।

पहिलो खेलमा भुटानसँग कुन ‘पोजिसनमा’ नेपाली खेलाडीले खेल्नेछ ?
यो पटक हामीले राम्रो अभ्यास गर्ने मौका पाएका छौं । खेलाडीहरूमा एकखाले उत्साह छ । भुटानसँग ४,४ र २ को करणनीति अपनाएर खेलाडीहरू मैदानमा उत्रिनेछन् । एटकिङ्ग फुटबल खेल्नेछौं । एटकिङ्गलाई हामीले मुख्य प्राथामिकता राखेका छौं । भारतसँग परे पनि हाम्रा खेलाडीहरूले यही पोजिसेनमा रहेर खेल खेल्नेछन् । त्यसपछि फरक रणनीतिका साथ बंगलादेशविरुद्व उत्रनेछौ ।

कसको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिनेछन् ?
– नेपाली टिमकी कप्तान निरु थापाको कप्तानीमा नेपाली टिम बनेको छ । साफ महिला च्याम्यिनशिप खेल्ने राम्रो टिम बनेको छ । मैले दबाब भन्दा नि अवसरको रुपमा लिएको छु । टिममा जितको भोक छ । हामी पहिलो खेलमा भुटानसंग खेल्नेछौ । त्यसपछि फरक रणनीतिका साथ बंगलादेशविरुद्व उत्रनेछौ ।

अन्त्यमा खेलाडीहरूलाई केही भन्न चाहन्छु
– खेलडीहरूले मेहनत गरेका छन् । उनीहरूको मेहनत अनुसार अगाडी बढनेछन् । गनुपर्ने धेरै छन् । म खलाडीहरूलाई राम्रो खेल प्रर्दशन गरि घरेलु भुमिमा भएको साफ महिला च्याम्पिनसिपको उपाधि जितेर नेपालको शिर उच्च राख्नु प्रतिवद्ध छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर