पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर महानगरपालिका १२ मा आज दिउँसो ट्याक्टरको ठक्करबाट १ जना पैदल यात्री महिलाको मृत्यु भएको छ ।
भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ त ३१५३ नम्बरको ट्याक्टरले विपरित दिशाबाट पैदल आउँदै गरेकी विराटनगर १६ की ५० वर्षिय ठेकनीदेवी रायलाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते रायलाई उचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक सुनसरी बर्जु गाउँपालिका ३ अमरफाड का ४० वर्षिय रामा पहाडीलाई प्रहरीको नियन्त्रणमा राखिएको मोरङ प्रहरीले जनाएको छ ।