पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर ५ को बाल संसार मन्टेश्वरी स्कुलले आज महाशिवरात्री पर्व मनाएको छ ।
बालबालिकालाई संस्कृतिबारे चेतना दिने उद्देश्यले महाशिवरात्री पर्व मनाईएको स्कूलका भाईस प्रिन्सीपल सुमन तामाङले जानकारी दिए । सार्वजनिक विदाको दिन भए पनि बालबालिकालाई शिवरात्रीबारे जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको उनले बताए । बालबालिकालाई विद्यालय नजिकै रहेको शिव मन्दिरमा लगेर पुजा गरिएको भाईस प्रिन्सीपल तामाङले बताए ।
स्कुलले नेपालमा मनाईने विभिन्न धार्मिक पर्वका अवसरमा कार्यक्रम गर्ने गरिएको जनाएको छ । हरेक धर्म संस्कृतिका बारेमा बालबालिकालाई ज्ञान होस भन्नका लागि पनि कार्यक्रम गर्ने गरिएको प्रिन्सीपल खड्गबहादुर राईले बताए । हाम्रा धार्मिक पर्वका बारेमा सानैदेखि बालबालिकालाई जानकारी गराइयो भने धर्मसंस्कृतिको संरक्षण हुने उनको भनाई छ ।