CLASSICTECH NET

विराटनगर १ अर्वको लगानीमा सुविधा सम्पन्न सेन्ट्रल मल सञ्चालनमा

खबर पूर्वाञ्चल, २० फाल्गुन २०७५, सोमबार २०:०१
सेन्ट्रल मलको उदघाटन गदै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई । तस्वीर:पुष्पराज थपलिया

विराटनगर / विराटनगरमा सुविधा सम्पन्न सेन्ट्रल मल आजदेखि सञ्चालनमा आएकोछ ।

विराटनगर–७ मेनरोडमा अवस्थित दुई वटा मल्टिप्लेक्स सिनेमा हलसहितको सुविधा सम्पन्न सेन्ट्रल मलको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरे ।

सेन्ट्रल मलको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका छन् । लगानी सम्मेलन गरेर निजी क्षेत्र र दातृ निकायसँग प्रस्तुत हुन चाहेको समेत बताए । प्रदेश सरकार विकास र सम्बृद्धिमा केन्द्रीत भएको मुख्यमन्त्री राईले बताए । प्रदेशको विकासका लागि ठुलो आँट र साहसको आवस्यकता रहेको मुख्यमन्त्री राईको भनाई छ । प्रदेशको निर्माणको अभियानमा सरकार जुटिसकेकाले सवैसँग सहकार्य गरेर अघि बढ्न चाहेको उनको भनाई छ ।

विराटनगरका तीन औद्योगिक घराना देवेनरा, हाईलाईफ र विशाल ग्रुपको संयुक्त लगानीमा सेन्ट्रल मल सञ्चालनमा आएको हो । करिव १ अर्वको लगानीमा १५ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको छ । २ बर्ष अघि निर्माण शुरु गरिएको मलमा १ सय ४ वटा पसल रहेका छन् ।

उद्घाटनका दिनसम्म आइपुग्दा ७० प्रतिशत पसल भाडामा लागिसकेको सञ्चालक प्रकाश मुन्दडाले बताए । उनका अनुसार पसलहरु ७० देखि १ सय ७५ स्कुवायर फुटका दरमा भाडामा लगाईएका छ । बैशाखसम्ममा सवै पसलहरु भाडामा लाग्ने सञ्चालक मुन्दडाले बताए । सेन्टल मलमा ६० वटा गाडी र २ सय ५० मोटरसाईकल पार्किङको क्षमता रहेको सञ्चालक मुन्दडाको भनाई छ ।

मलभित्र रेष्टुरेन्ट तथा लाउन्ज, स्वदेशी तथा विदेशी कम्पनीका पसलहरू, बच्चाका लागि गेमजोन सोमबारबाटै सञ्चालनमा आएका छन् । बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुल्ला रहने मलले विराटनगरवासीलाई मात्रै नभएर पूर्व क्षेत्रका उपभोक्तालाई लक्षित गरेको सञ्चालक विकास चौधरीको भनाइ छ । स्ट्रीट लेन डिजाइनमा तयार पारिएको सो मल नेपालकै पहिलो भएको सञ्चालकको दाबी छ ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५