पूर्वाञ्चल खबर
सुनसरी / सुनसरी ईटहरी उप महानगरपालिका १६ का ललन ऋषीदेवको ११ महिने छोरी अनु ऋषिदेवको तातो दुधमा परेर मृत्यु भएको छ ।
गत फाल्गुन ४ गते तातो दुधमा परेर घाइते भएकी अनुको उपचारको क्रममा मृत्यु भएको हो । अनु खेल्ने क्रममा चुल्होमा तताई रहेको दुधमा परेर घाइते भएकी थिइन । दुधले पोलेर घाइते भएकी वालिकाको झुम्का मेडिकलमा उपचार भईरहेकोमा थप उपचारकोलागि हिजो धरान पठाईएकोमा उपचारको क्रममा वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती साढे ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।