RUMPUM
animated ellipse animated ellipse

प्रदेश स्तरीय बक्सिङको उपाधी जेसीकालाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० फाल्गुन २०७५, शुक्रबार २०:३३
9
Shares
विराटनगर / आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ स्तरीय खेलाडी छनौटका खेल विभिन्न जिल्लामा जारी रहेको छ ।

छनौट खेलअन्गर्तगत आज मोरङमा भएको बक्सिङको महिला ५४ केजीमा सुनसरीकी जेसिका श्रेष्ठले उदयपुरकी देवका भुजेललाई हराउँदै स्वर्ण जितिन् । महिला ५७ केजीमा सुनसरीकी दीपा लिम्बूले तेह्रथुमकी मनुसा तामाङलाई पराजित गर्दै स्वर्ण जितिन् । महिला ६४ केजीमा झापाका अरुणा लिम्बू र महिला ६४ केजीमा झापाकै त्रिसा लिम्बूले स्वर्ण जित्दै आठांैका लागि छनौट भए ।

त्यस्तै बक्सिङको पुरुषतर्फ ४९ केजीमा इलामका दिनेश राईले स्वर्ण र उदयपुरका लक्ष्मण राईले रजत जिते । पुरुष ६० केजीमा इलामका तोविन प्रधानले स्वर्ण, उदयपुरका विजय राईले रजत जिते । पुरुष ६४ केजीमा झापाका अभिनय राईले स्वर्ण, सुनसरीका जेनिस तुलाधरले रजत जिते । पुरुष ६९ केजीमा सुनसरीका राजेश गुरुङले स्वर्ण, उदयपुरका प्रेमबहादुर खत्रील रजत जिते । पुरुष ७५ केजीमा सुनसरीका राजेश गुरुङले स्वर्ण, उदयपुरका प्रेमबहादुर खत्रीले रजत जिते । प्रथम हुने खेलाडी आठौंका लागि छनौटमा परे ।

त्यसैगरी सुनसरीमा भएको महिला क्रिकेटमा झापाबाट रुबिना क्षेत्री, काजल श्रेष्ठ, रोमा थापा, अप्सरी बेगम, संगीता राई, सबनम राई, निग्मा तामाङ, मिमिरा कार्की र निशा साह रहेका छन् । त्यस्तै मोरङबाट रश्मी शर्मा चौलागार्इं र अंशु जैसवाल, इलामबाट संगम तामाङ, सिर्जना तामाङ र चिया राई छनौट भए भने वैकल्पिकमा खेलाडीमा पुष्पा पुलामी मगर र मोतीका राई रहेका छन् ।

त्यसैगरी, मोरङमा भएको आइटिएफ तेक्वान्दोको महिला ५० केजी मुनि भोजपुरकी निश्चल राई प्रथम, ५५ केजी मुनि झापाकी सोफिया केरुङ प्रथम, ६० केजी मुनि भोजपुर अनु बस्नेत प्रथम भए । त्यस्तै ६५ केजी मुनि झापाकी रेखा लिम्बू, ७० केजी मुनि झापाकी मिकी गुरुङ र ७० केजी माथी झापाकै एलिसा मगरले स्वर्ण जिते । ४५ केजी तौल समूहमा सुनसरीकी सोनिया बस्नेतले स्वर्ण जितिन् । आइटिएफ तेक्वान्दोको पुरुषतर्फ ५० केजी तौल समूहमा भोजपुरका विशेष राईले स्वर्ण, ५५ केजी मुनि सुनसरीका अर्जुन चौधरीले स्वर्ण, ६० केजी मुनि भोजपुरका विमानसिंह गुरुङले स्वर्ण जिते । ६५ केजी मुनि मोरङका ब्रिटिस गुरुङ, ७० केजी मुनि भोजपुरका विलन राई, ७५ केजी मुनि भोजपुरका सिदीप तामाङ, ८० केजी मुनि भोजपुरकै निशान खत्री र ८० केजी माथी मोरङका वसन्त बुढाथोकीले स्वर्ण जित्दै आठौंका लागि छनोट भए ।

मोरङमै भएको करातेअन्तर्गत पुरुषतर्फको कुमुतेमा ५० केजी तौल समूहमा मोरङका महेश यादवले ओखलढुंगाका मिलन राईलाई हराउँदै स्वर्ण जिते । ५५ केजी तौल समूहमा मोरङका विवेक थापाले स्वर्ण र झापाका मनीष उपे्रतीले रजत जिते । ६० केजीमा मोरङका किशोर कोइरालाले स्वर्ण र खोटाङका सन्तोष राईले रजत जिते । ६७ केजीमा मोरङका रोजन खड्काले धनकुटाका लोकेन्द्र राईलाई पराजित गदै स्वर्ण जिते । ७५ केजीमा सुनसरीका रोशन धामी पहिलो र मोरङका सलबहादुर गुरुङ दोस्रो भए । ८४ केजीमा धनकुटाका कर्णबहादुर लिम्बू पहिलो र झापाका सिद्धान्त उप्रती दोस्रो भए । ८४ माथी मोरङका सागर राउत पहिलो र इलामका भेषराज राई दोस्रो भए ।

त्यसैगरी महिलातर्फ ४५ केजीमा खोटाङकी डुनु राईले स्वर्ण, पाँचथरकी सोनिया जवेगुले रजत जितिन् । ५० केजीमा इलामकी प्रिती बस्नेत पहिलो र पाँचथरकी केनारी मेन्याङबो दोस्रो भएकी छन् । ५५ केजीमा सुनसरीकी अस्मिता राई पहिलो र खोटाङकी विद्याकला राई दोस्रो भइन् । ६१ केजीमा ओखलढुंगाकी विनिता श्रेष्ठ पहिलो सुनसरीकी इन्द्रमाया तामाङ दोस्रो भइन् । ६८ केजीमा खोटाङकी जस्मिना राई पहिलो र इलामकी समीक्षा लाप्चा दोस्रो भइन् । ६८ माथीको खोटाङकी मिसडोना राईले सुनसरीकी रोजिना सुन्दासलाई हराउँदै स्वर्ण जितिन् । पहिलो स्थान हासिल गर्ने सबै खेलाडी छनौट भए ।

त्यस्तै क्रिकेटतर्फ पहिलो खेलमा मोरङले उदयपुरलाई १० विकेटले जित्यो । टस जितेर पहिलो ब्याटिङ गरेको उदयपुरले १३ ओभर २ बलमा सबै विकेट गुमाउँदै ६० रन बनायो । जसमा विद्यान गोस्वामीले २५ र प्रकाश सुवेदीले १३ रन बनाए । मोरङका म्याद अफ द म्याच दीपेश कँडेलले ४ विकेट, महबुब बाबु इराकी र श्रवण यादवले २–२ विकेट लिए ।

६१ रनको विजय लक्ष्य पछ्याएको मोरङले ८ ओभर २ बलमा कुनै विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो । जसमा राजन मगरले ३७ र रवि रायले १४ रन बनाए ।
त्यस्तै दोस्रो खेलमा सुनसरीले १ सय ४१ रनको फराकिलो रनमा धनकुटालाई हरायो । टस जितेर पहिलो ब्याटिङ गरेको सुनसरीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । जसमा भूपाल लुइँटेलले २६ रन , विकेश बन्जराले १९ रन , सोनी मण्डलले १५ रन र रितेश रायले ११ रन बनाए । धनकुटाका सन्तोष श्रेष्ठ, प्रतीश श्रेष्ठ र अभिनय राईले समान २–२ विकेट लिए ।
१ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको धनकुटा सबै विकेट गुमाउँदै १३ रनमै समेटियो । कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । म्यान अफ द म्याच सुनसरीका सरोज बस्नेतले ५ विकेट र सोनु मण्डलले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर