AArya
RUMPUM
animated ellipse animated ellipse

भण्डारी एसएसपीमा बढुवा, मोरङमा छदा कमाए चर्चा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७५, बुधबार २०:०३
18
Shares
विराटनगर / नेपाल प्रहरीको प्रहरी उपरीक्षक ९एसपी०बाट प्रहरी वरिष्‍ठ उपरीक्षक (एसएसपी) मा सन्दिप भण्डारीसहित १४ जनाको बढुवा भएका छन् । भण्डारीको बढुवा सूचिमा पहिलो नम्बरमा छन् । उनलाई नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आज प्रहरी महानिरीक्षक सवेन्द्र खनालले भण्डारीलाई एसएसपीको दर्जयानी चिन्ह प्रदान गरेका हुन् ।

गृह मन्त्रालयको बढुवा समितिको बैठकले गत माघ २६ गते भण्डारीसहित १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । दर्जयानी चिन्ह पाएपछि मन्तव्य राख्दै एसएसपी भण्डारीले पदोन्नतिले आफूमा थप उर्जा संचार भएको उल्लेख गर्दै सामुहिक रुपमा मन, वचन र कर्मले संगठन र नागरिकप्रतिको जिम्मेवारी पुरा गर्न दृढ संकल्पित भई काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भण्डारीले मोरङमा रहदा यस्तो काम गरे
२०५१ सालमा खुल्ला प्रतियोगिताबाट प्रहरी निरीक्षक पदमा भर्ना भएका भण्डारीले एमबीए र बीएल उत्तिर्ण गरेका छन् । मोरङमा एसपी भएर १६ महिना आफ्नो कार्यकाल विताउ उनले शान्ति सुरक्षा मात्र कायम गरेनन दर्दानाक घटनाहरु कर्तब्य ज्यानको सफल अनुसन्धान गरि अपराधि पक्ता लगाउन सफल भए । त्यसबेला भण्डारीले डाका, चोरी, अपहरण तथा लुटपाट, लागूऔषध नियन्त्रण, मानव बेचबिखन, हातहतियार ओसारपोसार, भन्सार चोरी पैठारी नियन्त्रण गरि राजस्व संकलनमा वृद्धिसमेत गरि मोरङमा सफल अनुसन्धानमा चर्चा कमाएर मोरङबासीले भव्य कार्यक्रम गरि विदाइ गरेका थिए ।

प्रहरी निरीक्षक हुँदा देिखनै अनुसन्धान, सर्तकता र सम्बन्वयमा अब्बल मानिएका भण्डारी दैवी प्रकोप उद्धार पदक, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्‍ट्र संघ, प्रवल जनसेवा श्री लगायतका पदकहरुबाट विभुषित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर